मादमे खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने
२ श्रावण २०८१, बुधबार १२:०१
काठमाडौं । मादमे खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
यसका लागि कम्पनीले साउन १७ गते बिहीबार विशेष साधारणसभा बोलाएको छ । कम्पनीको असार २६ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको ज्वागलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहानको ११ बजे सभा बोलाएको हो ।
सभाले कम्पनीको शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने र अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।