एलआईसी नेपालकी प्रभा ज्ञवाली सात महिनामै सीओटीको लागि छनौट
२ श्रावण २०८१, बुधबार ११:४०
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल)की सिनियर अभिकर्ता प्रभा ज्ञवालीले सात महिनाको अवधिमा नै सीओटी छनोट प्रकृयाका लागि योग्य भएकी छिन् ।
एलआईसी नेपालकी सिनियर एजेन्सि म्यानेजर ज्ञवाली सात महिनामा नै कोर्ड अफ द टेबल(सीओटी) का लागि छनौट भएकी हुन् ।
जुलाईको दोस्रो सातासम्ममा उनी सीओटीका लागि छनौट हुन योग्य भएकी हुन् । उनी सन् २०२५ का लागि सीओटीमा छनौट भएकी हुन् ।
सीओटीका लागि छनौट हुन १ करोड ४१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हुनुपर्ने प्रावधान छ । उनी जुलाईको पहिलो सातासम्ममा उक्त रकम बराबरको प्रिमियम संकलन गर्न सफल भएकी हुन् ।