सूर्यज्योति लाइफले अभिकर्ता तालिम सञ्चालन गर्ने

२ श्रावण २०८१, बुधबार ११:३३

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ ।

कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन इच्छुक व्यक्तिलाई मध्यनजर गर्दै तालीम सञ्चालन गर्न लागिएको जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०८१।८२ को विभिन्न मितिमा तीन दिने जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने बताएको हो । यसको विस्तृत विवरण कम्पनीले आफ्नो वेभसाइटमा राखेको जनाएको छ ।

तालिममा न्यूनतम एसईई उत्तीर्ण गरेकाले सहभागिता जनाउन सक्नेछन् । यसका लागि तालिम शुरू हुनु एक हप्ता अगावै आवश्यक कागजात सहित कम्पनीको शाखा कार्यालयमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*