आइएमई लाइफले अभिकर्ता तालिम सञ्चालन गर्ने

२ श्रावण २०८१, बुधबार ११:२७

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ ।

कम्पनीले केन्द्रीय, प्रदेश, शाखा तथा उपशाखा कार्यालयमा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने व्यवस्था गरेको जनाएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८१।८२ मा सञ्चालन गर्ने बीमा अभिकर्ताको तालिमको विस्तृृत विवरण वेभसाइटमा राखेको जनाएको छ ।

एसईई उत्तीर्ण गरेकाले तालिम लिन पाउनेछन् । यसका लागि आफूलाई पायक पर्ने कम्पनीको कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*