सम्पदा लघुवित्तको सीईओमा केशव कुमार पौडेल नियुक्त

२ श्रावण २०८१, बुधबार ११:०२

काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा केशव कुमार पौडेल नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको साउन १ गते दिउँसो ४ बजे बसेको बैठकले पौडेललाई कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मा दिएको हो ।

साविकको साधना लघुवित्त र सबैको लघुवित्त एक आपसमा मर्ज भई सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*