अमेरिकी डलर, रिंगिट र रियालको भाउ घट्यो, यस्तो छ आजको विनिमयदर

२ श्रावण २०८१, बुधबार ०६:३५

काठमाडौं । साउन २ गते बुधबार अमेरिकी डलरको भाउ २ पैसाले घटेको छ । यस दिन एक अमेरिकी डलरको खरीददर १३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज मलेसियन रिंगिटको भाउ पनि ३ पैसाले घटेको छ । एक मलेसियन रिंगिट खरीदका लागि २८ रुपैयाँ ५४ पैसा र बिक्रीका लागि २८ रुपैयाँ ६७ पैसा तोकिएको छ । यस दिन एक कतारी रियालको खरीददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा रहेको छ ।

एक साउदी अरेबियन रियालको खरीददर ३५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै यूएई एक दिरामको खरीद भाउ ३६ रुपैयाँ ३३ पैसा र बिक्री भाउ ३६ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

यस दिन १० जापानी यनको खरीद मूल्य ८ रुपैयाँ ४२ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ४६ पैसा रहेको छ । एक अस्ट्रेलियन डलरको खरीददर ८९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा रहेको छ भने एक यूके पाउण्ड स्टर्लिङको खरीददर १७२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*