गत आर्थिक वर्षमा क्रेस्ट माइक्रो लाइफले गर्यो ९ करोड ७६ लाख रुपैयाँको लघुबीमा ब्यवसाय
१ श्रावण २०८१, मंगलवार १८:२९
काठमाडौँ । क्रेस्ट माइक्रो लाइफले गत आर्थिक वर्षमा साढे ९ करोड रुपैयाँभन्दा बढीको लघु ब्यवसाय गर्न सफल भएको छ । कम्पनी स्थापनाको छोटो समयमा नै उत्कृष्ट ब्यवसाय गर्ने सफल भएको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०८०।०८१ को असार मसान्तसम्ममा ५८ हजार ७७४ बीमितहरुलाई आवद्ध गरी ९ करोड ७६ लाख ४५ हजार ४७५ रुपैयाँको ब्यवसाय गरेको हो । स्थापनाको छोटो समयमै पनि रचनात्मक कार्यशैली, अथक मेहनत, परिश्रम, लगन तथा निरन्तरताले उत्कृष्ट लघुबीमा गर्ने सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले बताए ।
कम्पनीले बीमाको पहुँचबाट टाढा रहेका सर्वसाधारणलाई आगामी दिनमा समेत नयाँ–नयाँ सुविधा सम्पन्न बीमा योजनाका साथ सेवाहरुलाई अझै ग्राहकमुखी प्रविधिमा केन्द्रित गर्ने जनाएको छ ।