३७ बीमा कम्पनीको चुक्ता पुँजीको विवरण पेश: १०ले मात्रै जुटायो पुँजी, बाँकि प्रकृयामा (सूची सहित)

१ श्रावण २०८१, मंगलवार १७:५९

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणमा हाल संचालनमा रहेका ३७ बीमा कम्पनीहरुले असार मसान्तसम्मको चुक्ता पुँजीको विवरण पेश गरेको छ। प्राधिकरणका अनुसार यस अवधिसम्ममा विदेशी बीमकको शाखा कार्यालय रहेका तीन कम्पनी बाहेक सबै कम्पनीहरुले चुक्ता पुँजीको विवरण पठाएका छन् ।

हाल नेपालमा निर्जिवन बीमातर्फ नेशनल र ओरियन्टल र जीवन बीमातर्फ मेट लाइफ रहेको छ।

यी तीन कम्पनीहरु नेपालमा शाखा कार्यालय मात्रै रहेको कारण एसाइन्ड क्यापिटल भने जुटाएका छन् ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी भने मन्त्रिपरिषद्बाट स्वीकृतीको पखाईमा रहेका छन् भने संस्थापकले तत्कालका लागि रकम दिन आनाकानी गरेको कारण पुँजी पुराउन सकस अवस्था रहेको देखिन्छ । यता प्राधिकरण भने अटेर गर्ने कम्पनीमाथि कारवाहीको तरखरमा रहेको छ ।

गत आर्थिक वर्षमा विभिन्न बीमा कम्पनीहरू मर्जरको विकल्प प्रयोग गरेका छन् भने कतिपय कम्पनीहरुले बोनस शेयर र हकप्रदको समेत प्रयोग गरेका छन् ।

यस अवधिसम्ममा पाँच जीवन र पाँच निजिवन कम्पनीहरुले पुँजी पुराईसकेका छन् । बाँकिले पुँजी जुटाउने अन्तिम तयारीमा रहेका देखिन्छ ।

जीवन बीमातर्फ नेपाल लाइफ, नेशनल लाइफ, सूर्य ज्योति लाइफ, हिमालयन लाइफ र आइएमई लाइफले बीमा प्राधिकरणले दिएको चुक्ता पुँजी पुराईसकेको छ।

त्यस्तै, निर्जिवन बीमा कम्पनीहरुतर्फ शिखर इन्स्योरेन्स हिमालयन एभरेष्ट, सिद्धार्थ प्रिमियम, सगरमाथा र आईजीआई प्रुडेन्सियलले प्राधिकरणले दिएको निर्देशन पालना गरिसकेका छन् ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई पाँच अर्ब रुपैयाँ र निर्जिवन बीमा कम्पनीहरुको लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी जुटाउने निर्देशन दिएको छ ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई पाँच अर्ब रुपैयाँ पुँजी जुटाउने निर्देशन दिनुअघि नै पुँजी नेपाल लाइफको पुगिसकेको थियो । बाँकि अन्यले पनि पुँजी जुटाउन यो बर्ष मर्जर, बोनस शेयर र हकप्रद प्रस्ताव अघि बढाएको छ ।

कतिपय कम्पनीले पुँजी पुराउन यो प्रकृया सकिसकेका छ भने कतिपय तयारीमा रहेका छन् । असार मसान्तसम्मा पुँजी जुटाउन नसकेका बीमा कम्पनीहरुलाई प्राधिकरणले रिर्जभमा भएको रकम समेत गणना गर्न दिने भएको छ।

नेपाल पुनर्बीमा कम्पनीलाई पनि प्राधिकरणले पुँजी थप गर्न निर्देशन दिएको थियो । तर नेपाल पुनर्बीमाको प्रस्ताव अर्थमन्त्रालय हुँदै मन्त्रीपरिषद्मा लगेर सरकारले नै स्वीकृत गनुपर्ने भएको कारण नियामक आफै यो निर्णयबाट पछाडि सरेको छ।

गत बर्षदेखि न्यून आय भएका व्यक्तिलाई लक्षित गरेर ल्याएको लघुबीमा कम्पनी सबैको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेका छन् । त्यस्तै, नेपाल बीमा प्राधिकरणले लघु िबीमा कम्पनीको लागि ७५ करोड रुपैयाँ न्यूनतम चुक्ता पूँजी निर्धारण गरेको छ । अहिले सञ्चालनमा रहेका ७ वटै लघु बिमा प्रत्येकको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*