३७ बीमा कम्पनी २०८१ असार असान्तसम्ममा नवीकरण
काठमाडौं । हाल नेपालमा संचालनमा रहेका ३७ कम्पनीहरुले आर्थिक बर्ष २०८०र८१ मा नविकरण गरिसकेका छन् ।
नियामक निकाय नेपाल प्राधिकरणबाट इजाजतप्राप्त सरकारी र निजी क्षेत्रका कुल ३७ बीमा कम्पनी २०८१ असार असान्तसम्ममा नवीकरण गरेको बीमा प्राधिकरणले जनाएको हो।
१४ जीवन र १४ निर्जिवन, दुई पुनर्बीमा र सात लघुबीमा कम्पनी गरी कुल ३७ कम्पनीहरु छन् । सो कम्पनीहरुले प्राधिकरणमा असार मसान्तसम्ममा नविकरण गनुपर्ने प्रावधान रहेको छ । सो आधारमा कम्पनीहरुले नविकरण गरेका हुन् ।
हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरू राष्ट्रिय बीमा कम्पनी (राष्ट्रिय बीमा संस्थान), नेशनल लाइफ इन्स्योरेन्स, मेट लाइफ, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), एसियन लाइन, सूर्यज्योती रहेका छन् । जसमध्ये राष्ट्रिय बीमा कम्पनी सरकारी स्वामित्वको कम्पनी हो ।
यसैगरी जीवन बीमा कम्पनीहरुमै सूर्याज्योति लाइफ, हिमालयन लाइफ, आईएमई लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, सिटिजन लाइफ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स नवीकरण भएका छन् । प्राधिकरणका अनुसार मेटलाइफ विदेशी विमकको शाखा÷एसाइन्ड क्यापिटलको रुपमा नेपालमा क्रियाशील छ ।
प्राधिकरणको कानुन शाखाका अनुसार पुर्नबीमा कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स रहेका छन् भने लघुबीमा कम्पनीमा ७ वटा नवीकरण भएका छन् ।
जसअनुसार नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्स नवीकरण भएको प्राधिकरणले जनाएको छ ।
गत आर्थिक वर्षमा विभिन्न बीमा कम्पनीहरू मर्जरमा गएका थिए । मर्जरपछि गराइएको अद्यावधिक विवरणअनुसार देशमा ३७ बीमा कम्पनी अस्तित्वमा रहेका हुन् ।