सुस्त रहेको बैंकिङ सेक्टर जुरमुराउदै, ३५ वटै बैंकको शेयर मूल्यमा उछाल

१ श्रावण २०८१, मंगलवार १६:४०

काठमाडौँ । पछिल्लो समय सुस्त रहेको बैंकिङ सेक्टर जुरमुराउन थालेको छ । सत्ता समीकरणपछि समग्र नेप्से परिसूचक माथि उठ्न थालेपछि बैंकहरुको शेयर मूल्यले समेत उचाईको बाटो तय गरी रहेको हो ।

मंगलबार २६ महिनापछि शेयर बजार परिसूचकले २३०० अंक नाघेको छ । नेप्से परिसूचक आज ७०.१८ अंक बढेको हो । कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ७३ करोडको कारोबार भएको थियो । कुल २३४ कम्पनीको मूल्य बढ्दा ८ को घटेको हो ।

शेयर बजारका लगानीकर्ताले रुचाएका ब्यक्ति अर्थमन्त्रालयको जिम्मेवारीमा आएसँगै मार्केटमा रौनक देखिएको छ । अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गर्दै शेयर बजारलाई देशको अर्थतन्त्रको ऐनको रुपमा हेर्ने बताएका छन् । सोहि कारण पनि बैंक समूहको शेयर मूल्यमा उछाल आइरहेको छ । यसदिन ३५ वटै बैंक (वाणिज्य र विकास) को शेयर मूल्यमा सुधार देखिएको हो ।

वाणिज्य बैंक
३/४ वर्षदेखि सुस्त रहेको वाणिज्य बैंक समूह पछिल्लो समय माथि आइरहेको छ । आज कारोबारमा आएका १९ वटै बैंकको शेयर मूल्यमा उछाल आइरहेको छ । प्रतिशेयर नेटवर्थभन्दा तल गइरहेको बैंकको शेयर मूल्य विस्तारै सकारात्मक यात्रा तिर लम्कि रहेको हो ।
आज वाणिज्य बैंक समूहको शेयर ३३.७० अकंले बढेर १२५५.४३ बिन्दुुमा बन्द भएको हो । मंगलबार कृषि विकास बैंकको शेयर सर्वाधिक बढेको हो । कम्पनीको शेयर ५.४४ प्रतिशतले बढेर प्रतिकित्ता ३१० रुपैयाँ पुगेको छ ।

साथै, सिटिजन्स बैंकको प्रतिकित्ता २०२.९० रुपैयाँ, एभरेष्ट बैंकको ५७२.९० रुपैयाँ, ग्लोबल आइएमई बैंकको २०१ रुपैयाँ, हिमालयन बैंकको २०९.५० रुपैयाँ, कुमारी बैंकको १५९ रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १८१ रुपैयाँ, माछापुच्छे« बैंकको २०५ रुपैयाँ, नबिल बैंकको५३२ रुपैयाँ, नेपाल बैंकको २३२ रुपैयाँ पुगेको छ ।

विकास बैंक
लगानीकर्ताको मुख्य आकर्षकको केन्द्र बनि रहेको विकास बैंकको शेयर मूल्य निरन्तर उचाईमा पुगेको छ । खराब कर्जाले केहि झिनो असर विकास बैंकलाई गरेको भएपनि शेयर मूल्यमा भने निरन्तर सुधार देखिएको हो ।

विकास बैक समूहको शेयर २१९.११ अकंले बढेर ४६५३.३१ बिन्दुमा कायम भएको छ । आज कारोबारमा आएका १६ वटै बैंकको शेयर मूल्य बढेको छ ।

यसदिन ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रिनको शेयर प्रतिकित्ता ५४० रुपैयाँ पुगेको छ भने सिन्धुको प्रतिकित्ता ४९९ रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*