बर्षको सुरुवातमै सबै बीमा कम्पनीको शेयरमूल्यमा वृद्धि, कुनको कतिले बढ्यो ?

१ श्रावण २०८१, मंगलवार १६:०९

काठमाडौं । नयाँ आर्थिक वर्षको सूरुको दिनमा नै बीमा क्षेत्रका सम्पूर्ण कम्पनीहरुको शेयमूल्यमा हरियाली छाएको छ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार ७० अंकले बढेर २३१० को बिन्दुमा कायम भएको हो ।

आज बीमा क्षेत्रका सम्पूर्ण कम्पनीहरुको शेयर मूल्य बढेको छ । जीवन बीमा उपसूचक २ दशमलव ९६ प्रतिशत अर्थात ३१८ अंकले बढेर ११०८६ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै बीमा क्षेत्रका शेयरमूल्यमा हरियाली छाएको हो ।

जीवन बीमा कम्पनीहरुमध्ये आज हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको शेयरमूल्य ४.९१ प्रतिशतले बढेर ४१० रुपैयाँमा कारोबार भएको छ । साथै, एशियन लाइफ इन्स्योरेन्सको ४.८२ प्रतिशतले बढेर ६५३ रुपैयाँमा कारोबार भएको छ ।

साथै, आज सिटिजन लाइफ इन्स्योरेन्सको ४.११ प्रतिशतले बढेर ५६७ रुपैयाँ, सन नेपाल लाइफको ३.०७ प्रतिशतले बढेर ५२७ रुपैयाँ, रिलायबल नेपाल लाइफको शेयरमूल्य ३.०६ प्रतिशतले बढेर ४७२ रुपैयाँमा कारोबार भएको छ ।

सानिमा रिेलायन्स लाइफको २.८८ प्रतिशतले बृद्धि भई ४८६ रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको २.८२ प्रतिशतले बढेर ५८० रुपैयाँमा शेयर कारोबार भएको छ ।

ननलाइफ इन्स्योरेन्स उपसूचकमा कारोबार भएका पनि सम्पूर्ण कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । आज ननलाइफ उपसूचक पनि २.१२ प्रतिशत अर्थात २३८ अंकले बढेर ११४१८ को बिन्दुमा कायम भएको छ ।

यसमा कारोबार भएका कम्पनीहरुमध्ये नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ । हकप्रद निष्काशनको अन्तिम तयारीमा रहेको उक्त कम्पनीको शेयरमूल्य आज ३.४१ प्रतिशतले बढेर ९१० रुपैयाँमा कारोबार भएको छ ।

साथै, युनाइटेड अजोड इन्स्योरेन्सको ३.११ प्रतिशतले शेयरमूल्य बढेर ६१७ रुपैयाँमा कारोबार भएको छ । आज प्रभु इन्स्योरेन्सको २.८९ प्रतिशतले बढेर ८४९ रुपैयाँ, नेको इन्स्योरेन्सको २.८७ प्रतिशतले बृद्धि भई ८६० रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य २.५३ प्रतिशतले बृद्धि भई ६४८ रुपैयाँमा कारोबार भएको छ ।

साथै, आज नेपाल रिइन्स्योरेन्सको शेयरमूल्य २.१५ प्रतिशतले बृद्धि भई ७१३ रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १.७२ प्रतिशतले शेयरमूल्य बढेर ५९० रुपैयाँमा कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*