राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेल नियुक्त
रिना खत्री
१ श्रावण २०८१, मंगलवार १५:५९
काठमाडौं । सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको सिफारिसमा खरेललाई आयोगको सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले लेखापरीक्षण सेवातर्फ बैकुण्ठबहादुर अधिकारी र प्रशासन समूहतर्फ केदारनाथ शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सचिवालयका अनुसार बिहीबारको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बागमती प्रदेशको प्रमुख सचिव पदमा सहसचिव गोविन्द बहादुर कार्कीलाई कायम मुकायम प्रदेश सचिवकोरुपमा तोक्ने निर्णय गरेको छ ।