२३४ कम्पनीको शेयरमा हरियाली छायो, ८ वटामा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?

१ श्रावण २०८१, मंगलवार १५:११

काठमाडौं । नयाँ अर्थमन्त्रीको रुपमा बिष्णु पौडेलको आगमन भएसँगै शेयर बजार उच्च अंकले बृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ७० दशमलव १८ अंकले बृद्धि भएर २३१० दशमलव ५९ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरियाली छाएसँगै २३४ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ । आज आठ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सिन्धु विकास बैंक, बरुण हाइड्रापावर, ग्रीन डेभलपमेन्ट बैंक, आँखुखोला जल विद्युत लगायतका कम्पनीहरुको शेययरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*