परराष्ट्रमन्त्री आरजु राणालाई पाकिस्तानी विदेशमन्त्रीले दिए बधाई
१ श्रावण २०८१, मंगलवार १३:२८
काठमाडौँ । पाकिस्तानका विदेशमन्त्री इशाक दारले कांग्रेस नेत्री डा आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
दारले आफ्ना नेपाली समकक्षी डा राणालाई आज एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकटसम्पर्कमा रहेर काम गर्न आफू तयार रहेको बताएका छन् ।
द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्न र पारस्परिक लाभकारी सहयोग विस्तार गर्न मिलेर काम गर्न तत्पर रहेको बताएका छन् ।