बीमा कम्पनीहरुले आजदेखि डिजिटल बीमा योजना जारी गर्न पाउने: बीमितले आफै अनलाईनबाटै पोलिसी खरिद गर्दा छुट
काठमाडौं। नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम आजदेखि लागू हुने गरि बीमा कम्पनीहरुले डिजिटल पोलिसी काट्न पाउने छन् ।बीमा प्राधिकरणका अनुसार डिजिटल माध्यमबाट बीमा पोलिसी बिकि गर्दा बीमा कम्पनीहरुका लागि कारोबारको सीमा समेत तोकिदिएको छ । जसमा जीवन बीमा २० लाख रुपैयाँ सम्म अनलाईन भुक्तानी गर्न पाउने र निर्जिवन बीमा कम्पनीको हकमा अनलिमिटेड रहेको छ ।
लघुबीमा कम्पनीहरुको हकमा ५ लाख रुपैयाँभन्दा बढी कारोबार गर्न नपाउने सुविधा राखिएको छ।
बीमा प्राधिकरणले यसका लागि डीआईपीडी लागू गरेको छ । सो कारण जीवन बीमा कम्पनीका अभिकर्ताको नभए पनि डिजिटल माध्यमबाट बीमा पोलिसी गर्ने पाउने भएको छ । डीआईपीडी मार्फत बीमितले पोलिसी खरिद गरेको खण्डमा प्रिमियम रकममा समेत कम्पनीहरुले छुट दिन पाउनेछन् । जसमा अभिकर्ताको सहायता बिना नै अनलाईनमार्फत पोलिसी खरिद गर्ने बीमितले यो छुट सुविधा पाउनेछन् ।
जसमा बीमा कम्पनीहरुले ग्राहकले बीमा योजना डिजिटल माध्यमबाट पोलिसी खरिद गर्न युजर नेम र पासवर्ड अपडेट गरेपछि अकाउन्ट बीमितले खोल्न पाउनेछन् ।सो पश्चात् बीमितले दोस्रो प्रकयामा केवाईसी अपडेट गर्नुपर्ने हुन्छ । सो मा बीमितको युजर नेम वा सम्र्पक नम्बर अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ।
साथै यी प्रकृया सकिएपछि प्राधिकरणबाट स्वीकृती लिएरे डिजिटल माध्यमबाट बीमा व्यवसाय गर्न ई–प्रपोजल पेश गनुपर्ने हुन्छ ।
जीवन बीमातर्फ ई प्रपोजलमा अभिकर्ताको आवश्यक डकुमेन्ट समावेश गनुपर्ने हुन्छ । सो पश्चात् बीमा योजना बिक्रि भईसकेपछि डिजिटलमा लान पाउने सुविधा रहेको छ। डिजिटलमा रुपान्तरण भएका बीमालेखक कम्पनीले आफनो वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ ।
प्राधिकरणले डिजिटल माध्यमबाट जारी हुने बीमालेखका लागि जीवन बीमा, निर्जीवन बीमा र लघु जीवन र निर्जीवन बीमा कम्पनीहरुका लागि सीमा तोकिदिएको छ।
डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन अनुसार बीमा कम्पनीहरुले यो सुविधा पाउने भएका हुन् ।
यसअघि बीमा कम्पनीहरुले गाईडलाइनबिना नै बीमा डिजिटल माध्यमबाट बीमा योजना बिक्रि गर्दै आएका थिए । बिशेष गरी लघु बीमा कम्पनीहरुले अनलाईनबाटै बीमा योजना खरिद गर्न मिल्ने सुविधा ल्याएको थियो । सो सुविधामा आजदेखि लागू हुने गरेर बीमा प्राधिकरणको यस सम्बन्धी गाईडलाइन फलो गनुपर्ने हुन्छ ।
भौतिक रुपमा हुँदै आएको बीमा सम्बन्धी कामहरु अनलाइनबाटै गर्न सकिने गरि प्राधिकरणले गाईडलाइन तयार पारेको हो ।बिमितले भौतिकरुपमा उपस्थित भएर इन्स्योरेन्स गर्नुपर्ने बाध्यतालाई हटाउने अपेक्षा सहित गाइडलाईन मस्यौदा तयार पारेको प्राधिकरणले जनाएको छ ।
मस्यौदा अनुसार अब जीवन, निर्जीवन, लघु तथा पुनर्बिमा कम्पनीहरुले डिजिटल प्लाटफर्म निर्माणगर्न पाउनेछन् । ,सरेण्डर तथा बीमा दाबीभुक्तानी समेत गर्न सक्नेछन् ।प्राधिकरणले मस्यौदा तयार पार्दै बीमा कम्पनीहरुले आइटी क्षेत्रमा गर्दै आएको लगानी थप बढाउनुपर्ने प्राधिकरणले जनाएको छ ।
digital policy guifleness