ठेउले खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुचारु

१ श्रावण २०८१, मंगलवार १२:४४

काठमाडौं । ठेउले खोला जलविद्युत आयोजनबाट विद्युत उत्पादन कार्य सुचारु भएको छ ।

काठमाडौँ । बाराही हाइड्रोपावर जलविद्युत कम्पनीले निर्माण गरेको १.५ मेगावाट क्षमताको उक्त आयोजनामा गत असार २२ गते आएको पहिरोका कारण क्षति पुर्‍याएको थियो । आयोजनामा क्षति पूगेसँगै पूर्ण रुपमा बन्द भएको विद्युत उत्पादन कार्य साउन १ गते राती २ बजेबाट आंशिक रुपमा विद्युत उत्पादन सुचारु भएको जानकारी कम्पनीले दिएको छ ।

पहिरोका कारण आयोजनको इन्टेक र ग्राभेल ट्रयापको बीचमा भएको संरचनामा क्षति पुगेको भनाई कम्पनीको छ । यस कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनको तयारी गरिरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*