बीमा प्राधिकरणको लेस पेपर सेवा सुचारु, डिजिटलाईजेसनमा जोड

१ श्रावण २०८१, मंगलवार १२:४०

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले साउन १ गते (आज) देखि लागू हुने गरेर आजदेखि लेस पेपर सेवा सुचारु गरेको छ। बीमा प्राधिकरण र बीमा कम्पनीहरुका बीचमा आदान प्रदान हुने कागजात पहिलो चरणमा पेपरलेस बनाउने निर्णय गरिएको हो । सो आधारमा आजदेखि सबै बीमा कम्पनीहरुले बीमा प्राधिकरणलाई पठाउने प्रतिवेदनहरु लिखित काजगमा पठाउन पाउने छैनन् । यद्यपि बीमा प्राधिकरणमा परेको मुद्दा सम्बन्धी फाइल भने कागजात लिखित रुपमा नै पेश गर्नुपर्नेछ ।

प्राधिकरणले नेपाल सरकारको जिआईडिसीमा रहेको सर्भरमा डाटा सेन्टर बनाएर बीमा कम्पनीहरुसँगको सम्बन्धलाई पेपरलेस बनाउने निर्णय गरिएको हो ।

आगामी साउनबाट फुल्ली डिजिटल्ली काम हुने गरि अगाघि बढ्न लेस पेपर सेवा सुचारु गरेको प्राधिकरणले जनाएको छ। कागजी प्रकृयाको कामलाई केही हदसम्म घटाउन र डिजिटलाईजेसनतर्फ जान बीमा प्राधिकरणले यसतर्फ जोड दिएको प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल बताँउछन् । समय अनुसार नियामकलाई पनि अघि बढाउनुपर्ने उचित ठानेर हामीले प्राधिकरणमा हुने कागजी प्रकृयालाई घटाएर लेस पेपरको अवधारणा अघि बढाएका हौं ।

लेस पेपरका लागि वेभ साइट नेपाल बीमा प्राधिकरणले प्रयोगमा ल्याउन सकेमा त्यसबाट धेरैजना बीमक र बीमा क्षेत्रसँग सरोकारवालाहरुलाई सहज हुने अपेक्षा गरिएको छ।

उनले विगत लामो समयदेखि नेपाल बीमा प्राधिकरणले तथ्यांक प्रणालीलाई मजबुद र विश्वस्नीय बनाउँन विभिन्न कार्य योजनाहरु तयार गर्दै आएको पनि बताएका छन् ।

उनले डिजिटलाईजेसनमा जाँदा अन्य क्षेत्रमा बीमक, बीमित र सरोकारवालाले पाउने सेवा, सुविधा सहज तथा छिटो गतिमा सम्पन्न हुने बताए । आगामी दिनमा जति धेरै प्रविधि मैत्री रुपमा काम गर्न सकियो त्यसरी नै जान सकिने बताएका छ्रन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*