यस्तो छ एलआईसी नेपालको २२औं वार्षिक साधारण सभाको ‘माइन्युट’

१ श्रावण २०८१, मंगलवार १२:०६

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा असार १३ गते ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो ।

सभाले गत आवको वार्षिक प्रतिवेदन अनुमोदन गर्ने, नाफा नोक्सान, तथा नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले जेठ ३२ गते एक दिन बुक क्लोज गरिसकेको गरेको थियो। यसका आधारमा जेठ ३१ गतेसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिएका थिए ।

1721106036724

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*