नेपाल इन्स्योरेन्सले पायो ‘ए माइनस’ क्रेडिट रेटिङ

१ श्रावण २०८१, मंगलवार ११:४०

काठमाडौं । इन्फोमेरिक्स नेपालले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘ए माइनस’ क्रेडिट रेटिङ दिएको छ । कम्पनी वित्तीय अवस्था र हकप्रद निष्काशनलाई मध्यनजर गदै उक्त रेटिङ प्रदान गरेको हो ।

यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा प्रयाप्त मात्रामा सुरक्षित मानिन्छन् । यस्ता निकायहरुमा न्यून क्रेडिट जोखिम रहेको हुन्छ ।

उक्त रेटिङ निष्काशनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धि रायमात्र रहेको इन्फोमेरिक्स नेपालले स्पस्ट पारेको छ । यो कुनै खास ऋणपत्र विशेषको राय भने नरहेको इन्फोमेरिक्सले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*