गत बर्ष कति कम्पनीले पाए सेबोनबाट आइपीओ र हकप्रद स्वीकृती ?

पुरुषोत्तम नेपाल
१ श्रावण २०८१, मंगलवार ११:५९

काठमाडौं । यो आर्थिक बर्षमा सात  कम्पनीले आइपीओ निष्काशनको स्वीकृती सोबेनबाट पाएका छन् । स्थानीय, कर्मचारी र सर्वसाधारणका लागि यी कम्पनीहरुले आइपीओ स्वीकृती पाएका हुन् ।तर अर्थमन्त्रालयबाट प्रतिनिधित्व गरेर हाल बोर्डको नेत्तृव सम्हालेका नरेन्द्र कुमार रानाले भने बर्षको अन्त्यमा बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आइपीओ निष्काशनको प्रकृयामा रहेको कम्पनीलाई स्वीकृती दिएर विवादित बनेका छन् ।

सो पश्चात् मन्त्रालयको काममा व्यस्त भन्दै प्रशासनिक जिम्मेवारी बोर्डका डा। नवराज अधिकारीलाई दिँदै उनी मन्त्रालयको काममा व्यस्त छन् ।त्यस्तै, सोबेनले यो बर्ष सात कम्पनीको हकप्रद स्वीकृती पाएको छ।

वर्षको अन्त्यमा बुक बिल्डिङ मार्फत् रिलायन्स स्पिनिङ्ग मिल्स असार २८ गते देखि सर्वसाधारणका लागि निष्काशन गरिने भए पनि कम्पनीलाई लेखा समितिले तत्कालका लागि आईपीओ निष्काशन नगर्न धितोपत्र बोर्डलाई निर्देशन दिइसकेको छ ।

यो वर्ष ६ महिना धितोपत्र बोर्ड नेतृत्वविहीन बन्दा थुप्रै कम्पनीहरूको आईपीओ पाइपलाइनमा रहेका छन् । बोर्डमा आइपीओ र हकप्रद सेयर निष्कासनका लागि अनुमति माग्ने कम्पनीहरुको चाङ बढ्दो रहेको छ । आइपीओ र हकप्रद अनुमति माग्नेको चङ बढे पनि यी कम्पनीहरुले अझै कहिले अनुमति पाउने हुन् भन्ने कुनै टुङ्गो छैन  । नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम पुँजी पुर्‍याउन थप सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएका छौं,’ बोर्डमा एफपीओ निष्कासनका लागि आवेदन दिएका एक कम्पनीका सञ्चालकले भने, ‘अनुमति नपाउँदा तोकिएको समयमा निर्देशित पुँजी पुर्‍याउन नसक्ने जोखिम छ ।’

हिमालयन रिइन्स्योरेन्स
यस कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ निष्काशन गरेको थियो । यस कम्पनीले बोर्डबाट कात्तिक १ गते ६ अर्ब १८ करोड रुपैयाँबराबरको तीन करोड कित्ता शेयर आईपीओ निष्काशनका लागि स्वीकृति पाएको थियो ।

सोनापुर मिनरल्स आयल
यो आर्थिक वर्षमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले १२५ रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी सर्वसाधारणमा आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट साउन १७ गते अनुमति पाएको थियो । बोर्डले कम्पनीलाई तीन अर्ब सात करोड ५० लाख ५० हजार रुपैयाँ बराबरको तीन करोड सात लाख ५० हजार ५०० कित्ता शेयर निष्काशनको अनुमति दिएको हो ।

भिजन लुम्बिनी उर्जा
यो कम्पनीले हाइड्रोपावर सेक्टरबाट एक अर्ब ९१ करोड २५ लाख रुपैयाँबराबरको १ लाख १९ हजार २५ हजार कित्ता शेयर निष्काशनका लागि सेबोनबाट भदौ ५ गते अनुमति पाएको थियो ।

मुक्तिनाथ कृषि कम्पनी
यस कम्पनीले अन्य सेक्टरबाट आईपीओ निष्काशनका लागि सेबोनबाट गत असोज १० गते स्वीकृति पाएको थियो । जसमा कम्पनीलाई सात करोड रुपैयाँ बराबरको सात लाख कित्ता शेयर निष्काशनको अनुमति दिइएको हो ।

नेपाल वेयरहाउजिङ कम्पनी
यस कम्पनीले अन्य सेक्टरबाट ६८ करोड ७५ लाख रुपैयाँ बराबरको ६८ लाख ७५ हजार कित्ता शेयर निष्काशनका लागि असोज १० गते सेबोनबाट अनुमति पाएको थियो ।

सर्वाेत्तम सिमेन्ट
यस कम्पनीले उत्पादन तथा प्रशोधन सेक्टरबाट योग्य लगानीकर्तामा आईपीओ निष्काशन गर्न कात्तिक १ गते र बुक बिल्डिङ विधिबाट सर्वसाधारणमा ३६०.९० रुपैयाँमा आईपीओ जारी गर्न पुस ३ गते अनुमति पाएको थियो । जसमा यस कम्पनीले एक अर्ब २९ करोड ९२ लाख २४० रुपैयाँबराबरको ३६ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।

घलेम्दी हाइड्रोपावर
यस कम्पनीले हाइड्रोपावर सेक्टरबाट १ः२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न गत असोज १८ गते बोर्डबाट स्वीकृति पाएको थियो । बोर्डले कम्पनीलाई एक अर्ब १० करोड रुपैयाँबराबरको एक करोड १० लाख कित्ता शेयर निष्काशनको अनुमति दिएको हो ।

सिङ्गटी हाइड्रो इनर्जी
यस कम्पनीले हाइड्रोपावर सेक्टरबाट शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद निष्काशन गर्न पुस ११ गते अनुमति पाएको हो । बोर्डले एक अर्ब ४५ करोड रुपैयाँ बराबरको एक करोड ४५ लाख कित्ता हकप्रद निष्काशन गर्न स्वीकृति दिएको हो ।

नारायणी डेभलपमेन्ट बैंक
यस बैंकले विकास बैंक सेक्टरबाट शतप्रतिशत हकप्रद निष्काशनका लागि अनुमति पाएको छ । बोर्डले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ बराबरको २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद निष्काशनका लागि पुस १९ गते स्वीकृति दिएको थियो ।

अरुण भ्याली हाइड्रोपावर
यस कम्पनीले हाइड्रोपावर सेक्टरबाट शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद निष्काशनको अनुमति पाएको हो । कम्पनीलाई एक अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको एक करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद निष्काशन गर्न पुस १९गते अनुमति दिइएको हो ।

रिडी पावर कम्पनी
कम्पनीले १ः०.५ को अनुपातमा ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको सात लाख ७७ लाख ४४ हजार ५०६ कित्ता शेयर हकप्रद निष्काशन गर्न पुस १९ गते स्वीकृति दिइएको हो ।

हिमालयन उर्जा
यस कम्पनीले पनि शतप्रतिशतमा ९९ करोड रुपैयाँ बराबरको ९९ लाख कित्ता हकप्रद निष्काशनका लागि यही असार ७ गते बोर्डबाट अनुमति पाएको हो ।

आँखुखोला हाइड्रोपावर
यस कम्पनीले हाइड्रोपावर सेक्टरबाट १ः१.५ को अनुपातमा १ अर्ब २० करोड रुपैयाँ बराबरको एक करोड २० लाख कित्ता हकप्रद निष्काशन गर्न बोर्डबाट असार १९ गत अनुमति पाएको हो ।

यसरी चालु आर्थिक वर्षको यस अवधिसम्म कुल सात अर्ब ६४ करोड ४८ लाख ८० हजार ८०० रुपैयाँबराबरको सात करोड ६४ लाख ४८ हजार ८०८ कित्ता हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*