आव ०८०।८१ मा ७९ वटा कम्पनीको शेयरमा मूल्य समायोजन, कुनको कति?
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८०।८१ मा कुल ७९ वटा कम्पनीहरूको शेयरमा मूल्य समायोजन भएको छ । गत आवको शुरूकै साउन महिनामा नेप्सेले ५ वटा कम्पनीको शेयरमा मूल्य समायोजन गरेको थियो । साउनमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ५०% हकप्रद शेयर, मल्टीपर्पस फाइनान्स कम्पनीको ३५% र समाज लघुवित्तको १४.२५% बोनस शेयर, अपर तामाकोशीको १००% हकप्रद शेयर र लक्ष्मी उन्नती कोषको ९.५% नगद लाभांश बापतको मूल्य शेयरमा समायोजन भएको हो ।
भदौ महिनामा कुमारी इक्विटी फण्डको १०%, नगद लाभांश बापतको मूल्य शेयरमा समायोजन भएको थियो । असोजमा माछापुच्छ्रे बैंकको १३.३०% बोनस शेयर, प्रभु सेलेक्ट फण्डको ९.५%, सानिमा इक्विटी फण्डको १८%, सनराइज फर्स्ट म्युचुअल फण्डको १६%, एनएमबि हाइब्रीड फण्ड एल–१ को १५%, एनएमबी ५० को १५% नगद लाभांश, एनआईसी एशिया बैंकको २९% र एभरेष्ट बैंकको १०%, सानिमा बैंकको ९%, सानिमा माई हाइड्रोपावरको १०% बोनस शेयर र नबिल ब्यालेन्स्ड फण्डको ९.६० नगद लाभांश बापतको मूल्य समायोजन भएको थियो ।
कात्तिक महिनामा नेप्सेले कुल तीनवटा कम्पनीको शेयरमा मूल्य समायोजन गरेको छ । जसमा घलेम्दी हाइड्रोको २००% हकप्रद शेयर, एनआईसी एशिया ब्यालेन्स्ड फण्डको १०% नगद लाभांश र एनआईसी एशिया ग्रोथ फण्डको १०.५० प्रतिशत नगद लाभांश बापतको मूल्य रहेको छ ।
त्यसैगरी मंसिर महिनामा ९ वटा कम्पनीको शेयरमा मूल्य समायोजन भएको छ । आरएसडीसी लघुवित्तको ८.६०%, सांग्रिला डेभलपमेन्ट बैंकको ५%, शाइन रेसुङ्गा बैंकको १०.५०%, ग्लोबल आइएमई बैंकको १%, स्वावलम्बन लघुवित्तको १२.३५९९%, नेपाल हाइड्रो लिमिटेडको ७%, नेपाल लाइफ इन्स्योरेन्सको १०%, मितेरी डेभलपमेन्ट बैंकको ९.५०% र नेपाल एसबिआई बैंकको ३.७५% बोनस शेयरको मूल्य समायोजन भएको हो ।
नेप्सेले पुस महिनामा मात्रै २४ वटा कम्पनीको शेयरमा मूल्य समायोजन गरेको छ । सोल्टी होटलको ५%, चिलिमे हाइड्रोपावरको १०%, नेपाल ल्युब आयलको २५%, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको ७.५०%, तारागाउँ रिजेन्सी होटलको ४%, हाथवेको १०% तथा राधी विद्युत कम्पनीको ४.७५% बोनस शेयर बापतको मूल्य समायोजन गरिएको छ ।
त्यसैगरी पुसमा आत्मनिर्भर लघुवित्तको १०%, सपोर्ट माइक्रोफाइनान्सको १३%, घोराही सिमेन्टको १५%, साना किसान विकास लघुवित्तको १४.२५%, हिमालयन डिष्टिलरीको १०%, लुम्बिनी विकास बैंकको ४%, गरीमा विकास बैंकको ९.५०%, छिमेक लघुवित्तको ५%, कालीका पावर कम्पनीको १०%, युनिभर्सल पावर कम्पनीको ८.५५%, जीवन विकास लघुवित्तको १४%, शिवम् सिमेन्टको १४.२५%, मुक्तिनाथ विकास बैंकको ९.७५%, लक्ष्मी सनराइज बैंकको ७%, मन्दाकिनी हाइड्रोपावरको ४.७५% बोनस शेयर, सिंगटी हाइड्रा इजर्नीको १००% हकप्रद शेयर, सिटिजन लाइफ इन्स्योरेन्सको ५% बोनस शेयरको मूल्य समायोजन भएको थियो ।
माघ महिनामा ६ वटा कम्पनीको शेयरमा मूल्य समायोजन भएको छ । जसमा हिमालयन लाइफको ८.६३%, रिलायबल नेपाल लाइफको १६% बोनस शेयर, अरुण भ्याली हाइड्रोको १००%, रिडी पावरको ५०% हकप्रद, यूनाइटेड अजोडको १०.२६१२% र एनएलजी इन्स्योरेन्सको ५.५०% बोनस शेयर बापतको मूल्य समायोजन भएको हो ।
फागुन महिनामा पनि ६ वटा कम्पनीहरूको शेयरमा नेप्सेले मूल्य समायोजन गरेको छ । जसमा यूनाइटेड इदी मार्दीको ५.५%, एशियन लाइफको ७.७५%, हिमालयन रिको ४%, माउन्टेन इनर्जी नेपालको १५% र नेशनल लघुवित्तको ७.५०% बोनस शेयर बापत रहेको छ ।
चैत्र महिनामा ५ वटा कम्पनीको शेयरमा मूल्य समायोजन भएको छ । जसमा साल्ट ट्रेडिङको १५%, ग्रीन डेभलपमेन्ट बैंकको ३.८०%, डिप्रोक्स लघुवित्तको १०%, मैलुङ खोला जलविद्युतको २.२२११% र समता घरेलु लघुवित्तको ५.४२२२% बोनस शेयरको मूल्य समायोजन भएको हो ।
वैशाख महिनामा ४ वटा कम्पनी जसमा प्रभु इन्स्योरेन्सको ४.७५%, सूर्यज्योति लाइफको १०.२६%, सिईडीबी हाइड्रोपावरको ११% र सन नेपाल लाइफको २३.८ प्रतिशत बोनस शेयरको मूल्य रहेको छ । जेठ महिनामा २ वटा कम्पनी जसमा नेपाल रिको ४.७५% र आइएमई लाइफको २५% बोनस शेयरको मूल्य समायोजन भएको हो ।
असार महिनामा ३ वटा कम्पनीको शेयरमा मूल्य समायोजन भएका छन् । हिमालयन उर्जाको १००% हकप्रद शेयर, सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको १४% बोनस शेयर र आँखुखोला जलविद्यु्तको १५०% हकप्रद शेयर बापतको मूल्य नेप्सेले शेयरमा समायोजन गरेको हो ।