सरकारका २ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

१ श्रावण २०८१, मंगलवार १०:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल सरकारका दुई वटा विकास ऋणपत्र सूचीकृत भएका छन् ।

नेप्सेमा (एनपीडीबी६०६२ ०८७ २०८७ च) नामको ६ वर्ष अवधि भएको विकास ऋणपत्र र (एनपीडीबी०८०४२ ०८९ २०८९ घ) नामको ८ वर्ष अवधि भएको विकास ऋणपत्र सूचीकृत भएको छ ।

नेप्सेले उक्त ऋणपत्रहरु विकास ऋणपत्रहरु धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय ८ अनुसार सूचीकृत गरेको जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*