मेरो माइक्रोफाइनान्सले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता?
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा रही काम गर्न योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।
कम्पनीले शाखा प्रबन्धक (वरिष्ठ सहायक देखि कनिष्ठ अधिकृत सम्म), कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदको सहायक÷अधिकृत श्रेणीमा केही संख्यामा कर्मचारी माग गरेको हो ।
स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरेका र सम्बन्धित क्षेत्रमा ४ वर्षको अनुभव भएकाले अधिकृतमा र प्रविणता वा सो सरहको परीक्षा उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्षको अनुभव भएकाले सहायक श्रेणीमा आवेदन दिन पाउनेछन् ।
त्यसैगरी प्रविणता वा सो सरहको परीक्षा उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्षको अनुभव भएकाले कनिष्ठ सहायकमा र ६ महिनाको अनुभव भएकाले कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि योग्य हुनेछन् ।
उमेर हदमा अधिकृतका लागि २१ वर्ष पूरा भई ४० ननाघेको र सहायकका लागि १८ वर्ष पूरा भई ३५ ननाघेको हुनु पर्नेछ भने सवारीसाधन अनुमतिपत्र भएका र कम्प्यूटर सम्बन्धी दक्ष व्यक्तिले प्राथमिकता पाउनेछन् । योग्य तथा इच्छुकले आवश्यक पर्ने कागजात सहित साउन १५ गतेभित्र अनलाइन माध्यमबाट आवेदन दिनु पर्नेछ ।