बढ्यो पेट्रोलियम पदार्थ मूल्य, अब प्रतिलिटर कति ?
३१ असार २०८१, सोमबार २०:५२
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँका दरले भाउ बढाएको हो ।
यससँगै नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रोमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ । त्यसैगरी, डिजेल र मट्टितेलमा प्रतिलिटर पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको निगमले जनाएको छ ।