(अ)नीति र राजनीतिक अस्थिरताको चेपुवामा परेको आर्थिक वर्ष, पुँजी बजारमा आशका किरण छर्दै बिदाई

३१ असार २०८१, सोमबार १९:२९

काठमाडौँ । यो आर्थिक वर्ष शेयर बजारका लागि लगानीकर्ताका लागि मध्यम रह्यो । हरियाली यात्राले चालु आर्थिक वर्ष २०८०/८१ सुरुवात गरेको शेयर बजारले राताम्य चिन्ह देखाउँदै आर्थिक वर्ष अन्त्य गरेको छ । देशले अर्थमन्त्रीको रुपमा विष्णु पौडेललाई पाएकै दिन शेयर बजार दोहोरो अकंले घट्नु पुगेको हो । शेयर बजारमा चालु आर्थिक वर्षभरी खासै उत्साहमय देखिएन् । अनेकौ उतार चडाबले पूँजी बजारलाई थिचि राख्यो ।

चालु आर्थिक वर्ष साउन १ गते पहिलो कारोबारको दिन नै शेयर बजारले सुधारको संकेत गर्दै यात्रा प्रारम्भ गरेको थियो । तर, असार ३१ गते आर्थिक वर्षलाई रातो कार्पेटले बिदाई गर्यो । वर्षभरी लगानीकर्ता नियामकले नयाँको पोलिसि ल्याउने आशैआशमा बितेको आर्थिक वर्षको रुपमा आम लगानीकर्ताले लिएका छन् । लगानीकर्तालाई यो वर्ष अनेकौ बाधाले गर्दा निरामय बनायो । यसो त यो आर्थिक वर्ष नेप्सेमा सकारात्मक सर्किट समेत लागेको छ । यस वर्ष एक दिनमै पटक–पटक सकारात्मक सर्किट लागेर १ घण्टा मै बन्द भएको उदाहरण समेत रहेको छ । तर, समग्रमा हेर्दा यस वर्षमा लगानीकर्ता नियामकले शेयर बजारलाई चलयमान हुने केहि पोलिसि ल्याउन छ भन्ने आशमा बसेका थिए । राजनीति लुछातानी, अर्थतन्त्र मन्दिमा, कम्पनीहरुको सूचक नकारात्मकलगायत बोर्डका अभिभावकिय भुमिकाको कमिले शेयर बजारमा उर्जा थप्न सकेन ।

नियामकका आश्वासन बेला बेला शेयर लगानीकर्ताले पाउने भएपनि त्यो केलब आश्वासनमा नै सीमित हुने गरेको छ । शेयर बजारमा सबैभन्दा ठुलो भुमिका लगानीकर्ताको मनोबलले खेलेको हुन्छ । लगानीकर्ताको मनोबल उच्च बनाउने कदम नियामकबाट हुनु जरुरी थियो । नीतिगत भ्रष्टाचारले गर्दा शेयर बजारलाई धेरै नै गाजेको थियो । यसका अतिरिक्त धेरै कुराहरु सकारात्मक हुँदा हुँदै पनि नियामकका कतिपय नीतिगत कदमले लगानीकर्ताको कन्फिडेन्स बढ्न सकेन । अझ देशमा भइरहेको केहि अराजक गतिविधि तथा राजनीतिमा आएको खुट्टा तान्ने खेलले नियामकको मनोबललाई थप कमजोर बनाउन तिर लग्यो ।

कुनै पनि कारोबारमा नाफाघाटा हुनु स्वाभाविकै हो । शेयर कारोबारबाट वास्तविक रुपमा नाफाघाटा व्यहोर्ने व्यक्ति सीमित हुन्छन् । तर त्यही कारोबारबाट मूल्य गुमाउनेको संख्या असीमित हुन्छ । पुँजीबजार यस्तो प्लेटफर्म हो जहाँ एकजना लगानीकर्ताको लगानी निर्णयले हजारौंलाई असर गरिरहेको हुन्छ ।

हुनत यसबीचमा शेयर बजारले नयाँ नयाँ फड्को समेत मारेको छ । लघुवित्त र बैंकिङ सेक्टर घट्दा हाइड्रोपावरको शेयर कारोबार सर्वोधिक भएको देखिन्छ । राष्ट्रि बैंकले केहि नीति कसेर ल्याएको भएपनि समिक्षा मार्फत केहि खुकुला भने पक्कै बनाउँदै लगेको हो ।

(अ) नीति चेपुवामा शेयर बजार

नीतिगत अस्थिरताले चालु आर्थिक वर्षमा शेयर बजारलाई बेला बेला धक्का हान्यो । शेयर बजारले लामो समयदेखि नीतिगत सुधारको माग गरेपनि नियामकबाट सकारात्मक कदम नचल्दा बजार माथि आउन सकेन ।

मौद्रिक नीति मार्फत कसिएका पोलिसि खुकुलो गराउन निरन्तर लगानीकर्ताले माग गर्दै आए । तर, केन्द्रिय बैंक भने केबल आश्वासनमा मात्र सीमित भन्यो । यस वर्ष लगानीकर्ताले व्यक्तिगततर्फको १५ करोड र संस्थागततर्फको २० करोडको कर्जा सीमा हटाउनुपर्ने, सेयर धितोको जोखिमभार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झार्नुपर्ने, पुँजीगत लाभकर संस्थागतलाई ४ प्रतिशत र व्यक्तिलाई २.५ प्रतिशत कायम गर्नुपर्ने, एक वर्षभन्दा बढी समय होल्ड गर्नेलाई पुँजीगत लाभकर १ प्रतिशत मात्रै लिनुपर्ने, धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कमिसन घटाउनुपर्ने, नेप्सेको पुनसर्रंचनावा नयाँ स्टक एक्सचेन्ज अनुमति दिनुपर्ने माग गरि रहेका थिए । उक्त माग सम्बोधनका लागि लगानीकर्ता बेला–बेला केन्द्रिय बैंकको दैलोमा पुगे । तर, गर्भनर महाप्रसाद अधिकारीले लगानीकर्ताको माग सम्बोधन कहिल्यै गर्न चाहेनन् ।

यता, शेयर बजारमा आकर्षणको रुपमा रहेको लघुवित्त संस्थाको लाभांशमा लगाएको सीमाले पनि लगानीकर्ता निराश बने । केन्द्रिय बैंकले लघुवित्त संस्थाले घोषणा गरेका लाभांशमा चलाएको कैचीले समेत लगानीकर्तामा निराशापन देखिएको थियो । नेपाल बीमा प्राधिकरणले समेत लाभांशमा चलाएको कैचीले लगानीकर्ताको मनोबल थप निराश गराउन बल पुगेको देखिन्छ ।

ब्याजदर घट्दा समेत शेयर बजार सुस्त

यस वर्ष अधिकांश बैंकहरुले ब्याजदर घटाउँदा समेत शेयर बजारमा रौनक आएन सकेन । शेयर बजारको शत्रुको रुपमा रहेको ब्याजदर घट्दा समेत लगानीकर्ताको मनोबल माथि उठ्न सकेन ।
बैंकिङ क्षेत्रले ऋणमा दिने ब्याजदर घटे बजार बढ्छ किनकी बैंकबाट ऋण लिएर बजारमा लगानी गर्ने विकल्प लगानीकर्तालाई हुन्छ । बजारका लगानीकर्ताले बैंकिङ क्षेत्रमा निक्षेप र कर्जा दुबैको ब्याजदर घटोस् भन्ने चाहन्छ । उता बजारमा तरलताको अवस्था बढोस् भन्ने चाहन्छ ।

बजारमा ऋण लिएपछि तिर्नु हुन्न भन्ने भ्रम छर्ने केहि समूह समेत सडक आन्दोलन गर्न यहि बर्ष लागेको थियो । ब्यवसायी दुर्गा प्रसाईको समूह ऋणीहरुलाई ऋण तिर्नु हुन्न भनेर सडकमा लाग्यो । जुन आन्दोलनले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा निकै वृद्धि भयो । खराब कर्जा वृद्धि हुँदा पूँजीबजारमा यसको प्रत्यक्ष असर परेको यस वर्ष देखा परेको हो ।

लघुवित्त विरुद्ध चलेको आन्दोलनले शेयर बजारमा ठुलो हिस्सा बोकेको लघुवित्त संस्था धरासयी भयो । चलेका सडक आन्दोलनले कम्पनीको कारोबार रकम समेत खुम्चिदै गयो । त्यस्तै, बैंक तथा वित्तीय संस्थामा समेत आर्थिक मन्दिले असर गर्यो । ऋणीहरुले ऋण बुझाउनुको सट्टा मिनाहाको माग गर्दै चलेको आन्दोलनले अधिकांश कम्पनीका सूचकमा असर गर्यो ।

राजनीतिक अस्थिरता

यो वर्ष प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा पटक पटक सत्तासमिकरण परिवर्तन भयो । सरकारमा देखिएको अस्थिरताले शेयर बजारलाई बेला बेला धक्का हान्यो । अर्थमन्त्री काँग्रेसका डा. प्रकाशशरण महतलाई बिदाई गर्दै २०८० सालमा नयाँ अर्थमन्त्री बर्षमान पुन बने । पुनः आर्थिक वर्षको अन्त्य तिर नयाँ अर्थमन्त्री विष्णु पौडेल देशले पाएको छ ।

यो वर्ष लगानीकर्तामैत्री अर्थमन्त्री समेत पूँजीबजारले पाउने सकेन । राजनीति अस्थिरताको डरैडरमा शेयर बजार अघि बढेको हो । पूर्वअर्थमन्त्री महतले शेयर बजार चलयमानका लागि कुनै कार्यक्रम समेत ल्याएको देखिएन । यता, अर्थमन्त्रालय र राष्ट्र बैंकको तालमेल समेत मिलेन । राष्ट्र बैंकका गर्भनर एमाले निकट मानिन्छन् । अर्थमन्त्रालयमा नेपाली कांग्रेसका महत आएपनि राष्ट्र बैंकले समेत सहयोग गर्न छोडेको थियो । राजनीति भागभण्डाको बीचमा परेका लगानीकर्ताका लागि बजार मैत्री कुनै नयाँ पोलिसि आएन सकेन ।

पूँजी बजारका लगानीकर्ताको मनोबल उच्च बनाउने काममा नियामकको छड्के आँखा समेत परेन । बजार सुधार हुन नसक्नुमा सबैभन्दा ठुलो जिम्मेवार नेपाल राष्ट्र बैंक त्यस पछि अर्थमन्त्रालय र नेपाल धितोपत्र बोर्ड रहेको छ । बोर्डले पनि लगानीकर्ताले सोचे भन्दा उल्टो काम गरिदिदा लगानीकर्ता निरास भए ।

बोर्ड भित्र चलखेल, लगानीकर्ताले अध्यक्ष अझै पाएनन्

बेला बेला शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा चलखेलको कुरा बाहिर आउने गरेको छ । बोर्डका अध्यक्ष रमेश हमालले पूँजी बजार चलयमानका लागि भन्दा सीमित घरनाको स्वार्थका लागि काम गरेको भन्दै बेला–बेला विवादमा आइरहे । यस वर्ष हमालमाथि अर्बौ रकम घोटाला गरेको आरोप समेत लागेको थियो ।

प्रतिकित्ता १०० रुपैयाँमा भर्दै आइरहेको आइपीओ प्रिमियममा ल्याएर लगानीकर्ता माथि मार थपेका थिए । उनले हचुवाका भरमा प्रिमियममा आइपीओ स्वीकृति दिने गरेको आरोप लगानीकर्ताले लगाइरहेका थिए । हमालले प्रिमियममा आइपीओ निष्कासनका लागि अनुमति दिएका कयौ कम्पनीको शेयर मूल्य अंकित भन्दा तल झरेको थियो । प्रिमियममा आइपीओ स्वीकृति दिएर अर्बौ रकम हमालले घुस लिएको आरोप लगानीकर्ताले लगाए । हमाल धितोपत्र बोर्डमा जागिर खान आएको नभई नेपालमा राजनीतिज्ञ र कर्मचारी अनि व्यापारीलाई अर्बौ रुपैयाँ घुस सेटिङ गर्ने, गराईदिने एक जना अर्बपति ब्यक्ति भएको आलोचना समेत उनी माथि आएको थियो । उनका केहि कदमले सो कुरा रहेको स्पष्ट समेत थियो । वित्तीय सूचक निकै कमजोर रहेका कम्पनीहरुलाई ४/५ सय रुपैयाँ प्रिमियम थपेर आइपीओ निष्कासन गर्नु लगानीकर्तामा माथि गरेको अपराध जस्तै हो । हमालले लगानीकर्ताको हितका लागि भन्दा केहि व्यापारिक स्वार्थ समुहको खुसीका लागि काम गर्दै आइरहेको थिए । उनको यो स्वार्थ कदमले पूँजीबजारलाई धरासयी बनाएको थियो ।

त्यसैले नेपालका ठूलो व्यापारी र राजनीतिक नेतृत्वको चाहना अनुसारको कोही पनि नफस्ने, भ्रष्टाचारको मुद्दा नलाग्ने गरी सेटिङ गर्ने कामका लागि हमाललाई खटाइएको थिए । अर्बपति सम्पत्ति र मासिक करोडौं रुपैयाँ आम्दानी भएर पनि कांग्रेस सभापति शेर बहादुर देउवा पत्नी आरजु राणासँगको सेटिङमा हमालले नेपालको पुँजि बजारको काम गर्दैै आइरहको सरकारी लगानीको नेपाल स्टक एक्सचेन्जलाई धरासायी बनाएर निजी स्टक एक्सचेन्ज कम्पनी संस्थापना गरेर अर्ब भन्दा बढि रकमको घुस सेटिङ गर्ने काम भइरहेको थियो । सीमित घरनाका लागि हमालले काम गर्दा शेयर बजार लयमा आउन सकेन । यस वर्ष बोर्डबाट बजार चलयमान हुने बनाउने कुनै कदम चलेन । हमाल निश्चत स्वार्थ समूहको कदममा चल्दा बजारले गति लिन सकेन ।

यता, रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर समेत बोर्डले सेटिङमा आम सर्वसाधारणलाई महङ्गोमा भिडाउन खोज्यो । तर चौतर्फी दबाबपछि बोर्ड कम्पनीलाई आइपीओ निष्कासन रोक लगाउन पुगेको हो । महङ्गोमा आइपीओ निष्कासन अनुमति दिँदा चलखेल भएको उजुरी परेपछि अहिले सीआईबि सो बोर्ड माथि अनुसन्धान गरी रहेको छ ।

घाटा नजिकै रहेको रिलायन्सको लगानीकर्ता गुमराह बनाउने आइपीओ, कानुनको छिद्र दुरुपयोग गर्दै बोर्डभित्र चलखेल

सरकारको भागभण्डामा रोमलिएको धितोपत्र बोर्ड अध्यक्ष बिहिन छ । पुष २० गते हमाल बाहिरिएसँगै बोर्ड अध्यक्ष बिहिन भएको हो । जसले गर्दा शेयर निष्कासनको स्वीकृति र पुँजी बजारमैत्री नीति आउन सकेको छैन । लामो समयदेखि शेयर निष्कासन अनुमति नपाउँदा लगानीकर्ताको मनोबल थप कमजोर हुँदै गइरहेको छ ।

आशको किरण छरेर आर्थिक वर्षको अन्त्य

चालु आर्थिक वर्षको अन्तिम तिर शेयर बजार आशाका किरण छर्दै बिदाई गएको छ । पुँजी बजारका लगानीकर्ता अहिले बनेको नयाँ सत्ता समीकरणले लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको छ । अब भने लगानीकर्ताले पुँजी बजारलाई बल पुग्ने काम नियामकबाट हुने आश गरेका छन् । जब जब विष्णु पौडल अर्थमन्त्री बन्ने अवस्था सिर्जना हुन्छ तब तब शेयर बजारमा एकाएक उछाल आउँछ । संसदका ठुला दुुई दल नेपाल एमाले र नेपाली कांग्रेस मिलेर नयाँ सत्ता गठबन्धनबाट पौडेल अर्थमन्त्री नियुक्त भएका छन् ।

लगानीकर्तालाई उनलाई शेयर बजारको हितमा सोच्ने मन्त्री रुपमा चिन्छन् । उनले आफनो कार्यकालमा दुईपटक ब्रोकर कमिशन घटाएका थिए । सन् २०१५ मा उनी अर्थमन्त्री हुँदा सेयरबजार ९ सयमा चलेको थियो । उनको एक बर्षकै कार्यकालमा बजार डबल बढेर १८८१ को उच्च विन्दु चुमेको थियो । दोश्रोपटक अर्थमन्त्रालय सम्हाल्दा १३०० आसपासमा रहेको थियो । कोभिडको समयमा अर्थमन्त्री बन्न विष्णु आइपुगेका थिए । उनले दोश्रोपटक अर्थमन्त्रालयमा प्रवेश गरेपछि बजारमा उछाल आएको थियो । त्यसपछि बजारले पुनः नयाँ उचाई चुमेको थियो ।
अहिले पुनः पौडेल अर्थमन्त्रालयको जिम्मेवारीमा आइपुगेका छन् । असार ३१ गते पदभार ग्रहण गरेका पौडेल माथि लगानीकर्ताको आश ठुलो रहेको छ । आज उनले पदभार ग्रहण गर्दै शेयर बजार अर्थतन्त्रको ऐनाको रुपमा हेरिने बताएका छन् । नियामकको सक्रियताले अब शेयर बजारका लगानीकर्ताको मनोबल समेत उच्च बन्न पुगेको छ । अर्थमन्त्री पौडेल आउने हल्लाकाबीच शेयर बजारले पछिल्लो एक वर्षको परिसूचक रेकर्ड तोडेको हो । यता कारोबार रकम समेत निकै उच्च बन्न गइरहेको छ ।

यता, गर्भनर अधिकारी समेत एमाले निकट ब्यक्तिको रुपमा चिनिन्छन् । जसले गर्दा अर्थमन्त्रालय र राष्ट्र बैंकको तालमेल मिल्ने आश राखिएको छ । गर्भनर अधिकारीले समेत बेला बेला सार्वजनिक कार्यक्रममा नै मौद्रिक नीति लचिलो आउने बताउँदै आइरहेका छन् । एमाले कै सरकार आएपछि सरकार सफल बनाउनको लागि भएपनि मौद्रिक नीति लचिलो आउने आम लगानीकर्ताको विश्वास रहेको छ । अर्थतन्त्र समेत लयमा आइरहेको र बैंकको ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको हुँदा शेयर बजारको यात्रा अब बुल हुने आश आम लगानीकर्ताले राखेका छन् ।

एमालेकै प्रधानमन्त्री, एमालेकै अर्थमन्त्री र एमाले निकट नै गर्भनर भएपछि पुँजी बजारका लागि सकारात्मक कदम चालिनेमा आम लगानीकर्ताले विश्वास गरेका छन् । मौद्रिक नीति मार्फत कसिएका पोलिसि, अर्थमन्त्री र धितोपत्र बोर्र्डले लगानीकर्तामैत्री पोलिसि ल्याउन सके बजारले नयाँ रेकर्ड चुम्ने पक्का पक्की जस्तैछ ।

नयाँ सत्ता समीकरणले उत्साहित शेयर बजारका लगानीकर्ता, के नयाँ उचाई कायम राख्ला ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*