घुस सेटिङमा रिलायन्सलाई आइपीओ निष्कासन अनुमति दिने बोर्डमाथि सीआईबीले सुरु गर्यो अनुसन्धान

३१ असार २०८१, सोमबार १७:२६

काठमाडौँ । घुस सेटिङमा रिलायन्स स्पिनिङ मिल्सको आइपीओ स्वीकृत दिने नेपाल धितोपत्र बोर्डमाथि केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ । आम लगानीकर्तालाई महङ्गोमा शेयर भिडाउन खोज्ने बोर्डमाथि सीआईबीले अनुसन्धान सुरु गरेको हो ।

वित्तीय विवरण नाजुक भएको कम्पनीलाई हचुवाको भरमा बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गर्ने अनुमति दिएको भन्दै केहि लगानीकर्ताको समुहले सीआईबीमा उजुरी दिएका थिए । सोहि उजुरीको आधारमा सीआईबीले अनुसन्धान सुरु गरेको हो । सीआईबीले उजुरी प्राप्त गरेपछि बोर्डले पत्र समेत पठाएको छ । लगानीकर्ताहरुको समूहले दिएको उजुरीमा कम्पनीको अडिट रिपोर्ट समेत किर्ते रहेको भनिएको छ ।

यता, लेखा समितिले समेत बोर्डसँग कम्पनीलाई आइपीओ स्वीकृत दिनुको कारणसहित स्पष्टिकरण माग गरेको छ । माफियाहरुको चलखेलमा बोर्डका कामु अध्यक्ष नरेन्द्र कुमार रानाले रिलायन्सलाई आइपीओ स्वीकृत दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*