वैवाहिक वर्षगाठमा सिटिजन लाइफको बीमा पोलिसी खरिद
काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा अन्नप्राशनमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समय होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भईरहेको छ।
यसैक्रममा, काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका ७ निवासी राम कृष्ण मिजारले आफ्नो वैवाहिक वर्षगाठको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सबाट ५० लाख रुपैयाँको बीमा पोलिसी खरिद गरेका छन् । कम्पनीको टोखा शाखा कार्यालयमा आवद्ध रहेकी अभिकर्ता सविता बिसुंखे मार्फत उनले बीमा गराएका हुन् । कम्पनीको टोखा शाखा कार्यालयका शाखा प्रबन्धक राज कुमार न्यौपानेले उक्त् बीमा पोलिसी बीमित मिजारलाई हस्तान्तरण गरेका हुन् ।
बीमा पोलिसी हस्तान्तरण गर्दै शाखा प्रबन्धक न्यौपानेले जीवनमा आइपर्ने विभिन्न खतराहरुको बीमाले मात्र रक्षा गर्न सक्ने बताए । साथै, बीमा गरी आफ्ना्े जीवनमा आइपर्ने जोखिम हस्तान्तरण गर्न पाएपश्चात बीमित मिजार मख्ख भएका छन् ।