अपर तामाकोशी हाइड्रोपावरको साढे २१ लाख कित्ता शेयर किनबेच, मूल्य कति ?
३१ असार २०८१, सोमबार १५:२३
काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर आज सर्वोधिक कारोबार हुने कम्पनीको पहिलो नम्बरमा रहेको छ । निरन्तर घटेर कट अफ प्राइस लागेको कम्पनीको शेयर आज भने सर्वोधिक खरिद बिक्री भएको हो ।
सोमबार कम्पनीको २१ लाख ७४ हजार ७२८ कित्ता शेयर किनबेच हुँदा ३७ करोड ८ लाख ७२ हजार ५८९ रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्यमा समेत सुधार देखिएको छ । यसदिन कम्पनीको शेयर प्रतिकत्ता ५.७० रुपैयाँ अर्थात् ३.३३ प्रतिशतले बढेर १७६.७० रुपैयाँमा पुगेको हो ।