तीन वटाको शेयरमूल्यमा सकारात्मक सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

३१ असार २०८१, सोमबार १५:१३

काठमाडौँ । चालु आर्थिक वर्षको अन्तिम दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाली पूँजी बजारमा सर्वाधिक रुचाइएका बिष्णु पौडेलले अर्थमन्त्रीको रुपमा पदभार ग्रहण गरेकै दिन शेयर बजार झन् घट्न पुगेको हो ।

सोमबार नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै चालु आर्थिक वर्षको अन्तिम दिनमा अधिकांश कम्पनीहरुको शेयरमूल्य घट्न पुगेको छ ।

सोमबार कारोबार भएका कम्पनीहरुमध्ये १८४ वटा कम्पनीको शेयरमूल्य राताम्मे हुदाँ ५६ वटाको मात्र मूल्य वृद्धि भएको छ । आज सिभिल बैंक डिभेन्चर, माण्डु हाइड्रोपावर र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

साथै, आज ३२२ वटा कम्पनीहरुको शेयरमूल्य खरिद–बिक्री हुदाँ आठ अर्ब ७३ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अप्पर तामाकोशी हाइड्रोपावरको ३७ करोड रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

ठुला लगानीकर्ताहरुले अर्थमन्त्री पौडेलको नाम बेचेर शेयरमूल्य वृद्धि गर्दै बिक्री गरेको पाइएको छ । साना लगानीकर्ताहरुले नयाँ अर्थमन्त्री पौडेल बनेपछि झन शेयरमूल्य बढ्छ भन्ने आशमा शेयर खरिद गरेपश्चता उनीहरु संकटमा परेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*