अर्थमन्त्री विष्णु पौडेलले गरे पदभार ग्रहण

३१ असार २०८१, सोमबार १४:४९

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडले पदभार ग्रहण गरेका छन् ।सोमबार पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्री पौडेललाई कर्मचारीहरूले स्वागत गरेका छन् ।

नेकपा(एमाले) का उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेलले सोमबारबाट पाँचौपटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

योसहित उनी अर्थमा पाँचौ र त्यो बाहेक खेलकूद,जलस्रोत र रक्षा मन्त्री भइसकेका छन् ।

पहिलो पटक २०७२ कात्तिक र दोस्रो पटक २०७७ असोजमा उनी अर्थ मन्त्री बनेका थिए ।

त्यस्तै, तेस्रो पटक २०७८ जेठमा, चौथोपटक २०७९ पुसमा उपप्रधानसहित अर्थमन्त्री बनेको पौडेल यस पटक पनि उपप्रधानसहित अर्थमन्त्री बनेका छन् ।

उनको कार्यकालमै सेयर बजारले नयाँ उचाई चुमेको रेकर्डहरु पनि छन् । सो कारण पनि विष्णु पौडेल सेयर बजारको ब्राण्ड नै बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*