यो वर्ष ५३ मध्ये १६ लघुवित्तले मात्र वितरण गरे लाभांश, कुनले कति ? (सूचीसहित)
काठमाडौं । चालु आर्थिक वर्ष २०८०।०८१ को आज अन्तिम दिन रहेको छ । यस आवमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएर कारोबार गरिरहेका लघुवित्त कम्पनीहरुले उचित लाभांश वितरण गर्न नसक्दा लगानीकर्ताहरु निराश भएका छन् ।
हाल सञ्चालन रहेका ५३ लघुवित्त कम्पनीहरुमध्ये १६ वटा मात्रै आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण गर्न सफल भएका छन् । कम्पनीहरुले गत आर्थिक वर्ष २०७९।०८० को वितरणयोग्य मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश वितरण गरेका हुन् ।
लघुवित्त कम्पनीहरुले लाभांश वितरण गर्न नसकेपश्चात आजभोलि धेरैजसो कम्पनीहरुको शेयरमूल्यमा पनि भारी गिरावट आउँदै गरेको छ । कुनै समय प्रतिकित्ता शेयर तीन हजार, चार हजार रुपैयाँ रहेका लघुवित्त कम्पनीको शेयरमूल्य आजभोलि एक हजार पाँच सय, दुई हजार रुपैयाँमा सीमित बनेका छन् ।
यस आर्थिक वर्षमा युनिक नेपाल लघुवित्तले सबैभन्दा बढी बोनश शेयर बितरण गर्न सफल भएको छ । कम्पनीले १ प्रतिशत नगद र १९ प्रतिशत बोनश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको छ ।
साथै, जिवन विकास लघुवित्तले ० दशमलव ७४ प्रतिशत नगद र १४ प्रतिशत बोनश शेयर वितरण गर्दै दोस्रो स्थानमा रहेको छ । सपोर्ट माइक्रो फाइनान्सले १३ प्रतिशत बोनश शेयर, स्वावलम्बन लघुवित्तले १२.३६ प्रतिशत, आन्तनिर्भर लघुवित्तले १० प्रतिशत, डिप्रोक्स लघुवित्तले पनि १० प्रतिशतका दरले लगानीकर्ताहरुलाई बोनश शेयर वितरण गरेको छ ।
यस आर्थिक वर्षमा लघुवित्त कम्पनीहरुमध्ये आरएसडीसी लघुवित्तले ८.६ प्रतिशत, फस्र्ट माइक्रोफाइनान्सले ७.५० प्रतिशत, नेशनल लघुवित्तले पनि ७.५० प्रतिशत, समता घरेलु लघुवित्तले ५.४२ प्रतिशत र छिमेक लघुवित्तले ५ प्रतिशेयरका दरले बोनश शेयर वितरण गरेको छ ।
One thought on “यो वर्ष ५३ मध्ये १६ लघुवित्तले मात्र वितरण गरे लाभांश, कुनले कति ? (सूचीसहित)”