विजय लघुवित्तको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न, एफपीओ निष्काशन प्रस्ताव पारित

३१ असार २०८१, सोमबार १२:३४

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष लोक बहादुर खड्काको अध्यक्षतामा सभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल लज रिर्सोटमा असार ३० गते सम्पन्न भएको हो ।

सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर सम्बन्धित नियकायबाट स्वीकृति लिई थप सार्वजनिक (एफपीओ) निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

साथै, सभाले गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ ।

चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिमा संस्थापक समूह ‘क’ बाट ४ जना र सर्वसाधारण समूह ‘ख’ बाट २ जना सञ्चालक नियक्त गर्ने र संस्थाको सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

 

सभा प्रयोजनार्थ कम्पनीले असार १७ देखि बुक क्लोज गरेको थियो । यसका आधारमा असार १६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा उपस्थित भएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*