अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त, राष्ट्रपतिबाट लिए शपथ
३१ असार २०८१, सोमबार १२:०१
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएका छन् । पौडेलले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।
पौडेल अर्थमन्त्रालयको जिम्मेवारीमा आएसँगै अर्थतन्त्रले नयाँ लय दिने आश आम लगानीकर्ताले गरेका छन् । उनी आउने आशले पछिल्लो केहि दिन शेयर बजारमा समेत उछाल आइरहेको छ ।
यता, गृहमन्त्रालयको जिम्मेवारीमा रमेश लेखक नियुक्त भएका छन् ।