प्राइम कमर्सियल बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।
बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगतमा अधिकतम ६.५० प्रतिशत, संस्थागतमा अधिकतम ५.५० र रेमिटेन्समा अधिकतम ७.५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले अघिल्लो महिनाका लागि व्यक्तिगतमा अधिकतम ६.७५ प्रतिशत, संस्थागतमा अधिकतम ५.७५ प्रतिशत र रेमिटेन्समा अधिकतम ७.७५ प्रतिशत ब्याजदर तोकेको थियो ।
बैंकले साउनमा व्यक्तिगतमा ३ महिनादेखि ६ महिनामुनि अवधिमा ६ प्रतिशत, ६ महिनादेखि १ वर्षमुनि अवधिमा ६ प्रतिशत र १ वर्ष वा सोभन्दा माथिको अवधिमा ६.५० प्रतिशत ब्याजदर तोकेको छ । संस्थागततर्फ ६ महिनादेखि १ वर्षमुनि अवधिमा ५ प्रतिशत र १ वर्ष वा सोभन्दा माथिको अवधिमा ५.५० प्रतिशत ब्याजदर तोकेको छ ।
त्यसैगरी बैंकले रेमिटेन्समा ३ महिनादेखि ६ महिनामुनि अवधिमा ७ प्रतिशत, ६ महिनादेखि १ वर्षमुनि अवधिमा ७ प्रतिशत र १ वर्ष वा सोभन्दा माथिको अवधिमा ७.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले साधारण बचत खातामा ३.०३ प्रतिशतदेखि ५ प्रतिशतसम्म र रेमिट खातामा ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।