एनआईसी एशिया बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर

३१ असार २०८१, सोमबार ०८:०१

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।

बैंकले साउन महिनामा व्यक्तिगततर्फ अधिकतम ७.५३ प्रतिशत र संस्थागततपर्फ अधिकतम ६.५३ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले गत महिनामा व्यक्तिगततर्फ अधिकतम ७.६९० प्रतिशत र संस्थागततपर्फ अधिकतम ६.६९ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले व्यक्तिगततर्फ ३ महिना अवधिका लागि ५.९० प्रतिशत, ३ देखि माथि १२ महिनाभन्दा कम अवधिका लागि ६.२५ प्रतिशत, १ वर्ष अवधिका लागि ६.५० प्रतिशत, १ वर्षदेखि बढी २ वर्षभन्दा कम अवधिका लागि ६.७५ प्रतिशत, २ वर्षदेखि बढी ५ वर्षभन्दा कम अवधिका लागि ६.९० र ५ वर्ष र सोभन्दा बढी अवधिका लागि ७.५३ प्रतिशत ब्याजदर कायम गरेको छ ।

संस्थागततर्फ ६ महिना देखि १२ महिनाभन्दा कम अवधिका लागि ३.५० प्रतिशत, १ वर्ष अवधिका लागि ४.०१ प्रतिशत, १ वर्षभन्दा बढी ५ वर्षभन्दा कम अवधिका लागि ४.०१ प्रतिशत र ५ वर्ष वा सोभन्दा बढी अवधिका लागि ६.५३ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकको आधारदर ९.१३ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*