प्रभु बैंकले घटायो ब्याजदर
काठमाडौं । प्रभु बैंक लिमिटेडले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।
यस बैंकले असार महिनाका लागि बचत खातामा न्यूनतम ३.०३० प्रतिशतदेखि अधिकतम ६.०३० प्रतिशतसम्म ब्याजदर तोकेको थियो । बैंकले साउन महिनाका लागि बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
बैंकले मुद्दती निक्षेपतर्फ ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७.५०० प्रतिशत र संस्थागततपर्फ अधिकतम ६.५०० प्रतिशत ब्याजदर तोकेको थियो ।
बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ३ देखि ५ महिना अवधिका लागि ५.५०० प्रतिशत, ६ देखि १२ महिना अवधिका लागि ६ प्रतिशत, १२ महिनादेखि ५ वर्ष अवधिका लागि ६.५०० प्रतिशत र ५ वर्षदेखि माथि अवधिका लागि ७ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले स्वर्णीम मुद्दती (५ वर्ष अवधि) व्यक्तिगततर्फ ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।
यसैगरी बैंकले संस्थागततर्फ ६ देखि १२ महिना अवधिका लाग ४.५००० प्रतिशत, १२ महिनादेखि ५ वर्ष अवधिका लागि ५ प्रतिशत र ५ वर्षदेखि माथि अवधिका लागि ६ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले प्रभु उन्नती मुद्दती (रेमिटेन्स) तर्फ सबै अवधिमा ८ प्रतिशत र प्रभु रिकरिङ फिक्स डिपोजिटतर्फ अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको छ।