कांग्रेस र एमालेबीच यसरी हुँदैछ मन्त्रालयको भागबण्डा, कसलाई कति ?

३० असार २०८१, आईतवार १८:५८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालयको पनि भागबण्डा मिलेको छ । कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय पाएको एमालेको उच्च स्रोतले बताएको छ । एमालेले अर्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चार, शिक्षा, उद्योग, संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय पाएको छ ।

यस्तै, कांग्रेसले गृह, रक्षा, परराष्ट्र, उर्जा, स्वास्थ्य, सहरी, संस्कृति पर्यटन तथा नागरिक उडड्यन, कानुन र वन तथा वातावरण मन्त्रालय पाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*