सानिमा मिडिल तमोर हाइड्रोपावरको सीईओको जिम्मेवारी आयोजना प्रमुख डा.पोखरेल

३० असार २०८१, आईतवार ११:३३

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी आयोजना संयोजक डा. मणिराज पोखरेललाई दिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतको कार्याकाल आगामी साउन महिनाको २ गते समाप्त हुने भएको र अर्को कार्यकालको लागि आफ्नो व्यक्तिगत कारण देखाई असमर्थ रहेको जानकारी गराउँदा उक्त पदमा आयोजना संयोजक पोखरेललाई दिएको छ ।

कम्पनी सञ्चालक समितिको असार २८ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले अर्को व्यवस्था नभएसम्मको लागि डा. पोखरेललाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*