मातृभूमि लघुवित्तको नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा लोकराज शर्मा
३० असार २०८१, आईतवार ११:०४
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षमा लोकराज शर्मा चयन भएका छन् । असार २८ गते बसेको सञ्चालक समिति बैठकले अध्यक्ष शर्माको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो ।
निर्णय अनुसार सञ्चालकमा क्रमशः शम्भु प्रसाद घिमिरे, खडानन्द सापकोटा, भरत बहादुर हमाल, अर्जुन श्रेष्ठ, शुषमा गौतम र बिमला योगी सर्वसम्मत रुपले चयन भएको कम्पनी सचिवले सजल खड्काले जाकारी दिए ।
साविकको किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त मर्ज भई मातृभूमि लघुवित्तको नामबाट एकीकृत कारोबार सञ्चालन गरेका छन् ।