आरम्भ चौतारी लघुवित्तमा रोजगारको अवसर, कति चाहिन्छ योग्यता?
३० असार २०८१, आईतवार ०९:४०
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पद तथा श्रेणीहरूमा कर्मचारी माग गरेको छ ।
कम्पनीले सहायक महाप्रबन्धक र वरिष्ठ प्रबन्धकमा एकएक जना, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सपुभाईजर, वरिष्ठ सहायक, सहायक पदहरूमा केही संख्यामा कर्मचारी माग गरेको हो ।
यसका लागि तोकिएको शैक्षिक योग्यता भएका र इमेल, इन्टरनेट तथा कम्प्यूटर सम्बन्धी ज्ञान भएका इच्छुक नेपाली नागरिकले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र दरखास्त आवेदन दिनु पर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय वा इमेल ठेगानामार्फत दिन सकिनेछ ।