प्रधानमन्त्री प्रचण्डको ल्यापटपबाट चोरिएको त्यो सूचना, जसले प्रचण्डकै सरकार ढल्यो
काठमाडौं । सुन्दा पनि आश्चर्य लाग्न सक्छ । प्रधानमन्त्रीकै ल्यापटप पनि चोरी हुन्छ र ? भन्ने पनि लाग्न सक्छ । तर, यो यथार्थ हो । विगत एक वर्षदेखि प्रधानमन्त्री प्रचण्डको ल्यापटप नियमित रुपमा चोरी हुँदै आएको थियो । असारको अन्तिम साता प्रचण्ड सरकार ढल्नुका पछाडि सोही ल्यापटप काण्ड त होइन ? अर्को आशंका जन्मिएको छ ।
सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयको दोस्रो तल्लामा रहेको प्रमको विशेष टेबुलबाट साप्ताहिक रुपमा प्रधानमन्त्री प्रचण्डको ल्यापटप सुटुक्क कसैले लैजाने र पुनः फर्काएर सोही स्थानमा ल्याएर राखिदिने गरेका थिए । साप्ताहिक रुपमा चोरिने ल्यापटप कतिपयले थाहा पाएर पनि वास्तै गरेनन् भने कतिपयले रोक्न चाहेर पनि सकेनन् ।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्रीकै भित्री कोठाको टेबुलको घर्रामा राखिने गरिएको सो ल्यापटप बेलाबखतमा त्यहाँबाट हराउँथ्यो । कतिपय अवस्थामा कर्मचारीले थाहा पाउथे भने कतिपय अवस्थामा पत्तै नपाई ल्याएर जस्ताको तस्तै बनाएर राखिएको हुन्थ्यो ।
प्रधानमन्त्री प्रचण्डकै सचिवालयको टिममार्फत कसैले उक्त ल्यापटपमा के के कागजपत्र तयार पारिएको छ र के कस्ता निर्णर्यहरु अघि बढ्दैछन् भनेर खुरुखुरु दिल्लीले सूचना लगि रहेको थियो । तर, प्रधानमन्त्री आफै आफ्नै विश्वासपात्रद्धारा गद्दारी र धोकामा परिरहेका थिए ।
२०८१ जेठको पहिलो सातातिर प्रधानमन्त्रीको सचिवालयमा उक्त ल्यापटप नियमित रुपमा चोरी हुने गरेको सूचना पनि नदिएको होइन तर, कसैले छानविन नै नगरी त्यतिकै छोडिदिए । किनकि उक्त ल्यापटपबाट प्रचण्डले आवश्यकता भन्दा बढि विश्वास गरेका व्यक्तिमार्फत खुरुखुरु सूचना चुहिरहेको थियो । जसको अप्रत्यक्ष मारमा प्रधानमन्त्री प्रचण्ड आफै परेका छन् । उक्त ल्यापटपमार्फत प्रधानमन्त्रीका भावी योजनाहरु र रणनीतिहरु समेत चुहिएको आशंका गरिएको छ । यद्यपि के के सूचना चुहियो भन्ने प्रमाणित भइसकेको छैन ।
त्यसो त नेपालका प्रधानमन्त्री र राजाहरुकै समेत सचिवालयमा विदेशीका एजेन्टहरु हुनु नौलो कुरा होइनन् । तत्कालिन राजा बीरेन्द्रले आफ्नै सचिवालयमा विदेशी एजेन्टलाई स्वकिय सचिव बनाएर सकिए झै कतै प्रचण्ड पनि आफ्नैका सिकार भएका त होइनन् भन्ने आशंका उब्जिएको छ । यस पटक प्रधानमन्त्री (हाल काम चलाऊ प्रम भइसकेका) प्रचण्ड पनि यस्तैको सिकार हुनु पुगेका छन् । उक्त ल्यापटक चोरी काण्डबारे सचिवालयले किन छानविन गर्न सकेन अर्को आश्चर्यको विषय बन्न पुगेको छ ।
स्रोतका अनुसार उक्त ल्यापटप प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट साप्ताहिक रुपमा एक पटक हराउने गरेको थियो । सामान्यतया प्रम प्रचण्ड बाहिर भएको समय र शुक्रबारतिर हराउने गरेको थियो । ‘सम्मानीयज्युको ल्यापटप नियमित अपडेट गर्नुपर्ने भन्दै लैजाने गरेका थिए, बाँकी कुरा हामीलाई सबै थाहा भएन,’ स्रोतले भन्यो ।
प्रधानमन्त्रीकै ल्यापटपबाट चुहिएको सूचनाको कारण वर्तमान सरकार ढलेको विश्वास गरिएको छ । प्रधानमन्त्री ल्यापटपमा भुटानी शरणार्थी काण्ड र सुन काण्डको थप विवरण भएको र सो सूचना दिल्ली हुँदै सम्बन्धित पक्षकोमा पुगेपछि रातारात नयाँ सत्ता गठबन्धन बनेको समेत हुनसक्ने देखिएको छ ।
जोक अफ द डे । मूर्खहरूको तर्क ? पासवर्ड प्रोटेक्ट, फिङ्गरप्रिण्ट लक थिएन रे प्रधानमन्त्री जस्तोको कम्प्युटरमा । घास खुवाउनुपर्नेहरुले देशको बागडोरमा कब्जा गाडेर बसेका रैछन । पटमूर्खहरु । सेन्सेटिभ डकुमेण्टलाई सुरक्षित राख्न नसक्ने बकम्फूसेले देशको सीमाको रक्षा के गर्थ्यो । संसदमा उसैले ठूल्ठूला गफ हाक्दैथ्यो।
खरिपाटि भेलाबाट देखि नै यस्तै सुचना चुईरहेका छन” कमिसनको लोभमा कम्तिमा पनि important dacumant लाई गोप्य पाशवर्ड राख्न नसक्नु” जगन्या भुल हो” जसरि बिस्वास लिएका ऊहाँका बिस्वास पत्रको बिस्वास लिनु नसक्नुको पराकाष्ट हो” जसरि पनि सत्य तथ्य कुरा जन्तामाँझ ल्याऊनु पर्छ” जन्ताले नै नाङ्गैझारी पार्छन”