प्रधानमन्त्री बन्ने प्रस्ताव लिएर केपी शर्मा ओली राष्ट्रपति भवनमा

२८ असार २०८१, शुक्रबार २२:४७

काठमाडौँ । प्रधानमन्त्री बन्ने प्रस्ताव लिएरनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति भवनमा पुगेका छन् ।नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसको समर्थनमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्क्ष दाबी पेश गरेका हुन् ।

आज साँझ सभापति शेरबहादुर देउवालाई साथ लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका ओलीले कांग्रेसका ८८ र एमालेका ७८ गरी १६६ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।

जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस(एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेश गरिएको बुझिएको छ ।

ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरिसकेको भन्दै नियुक्ति कहिले गर्ने भन्ने राष्ट्रपति पौडेलको निर्णयमा निर्भर हुने उनको भनाई छ । शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएपछि नयाँ सरकारको ढोका खुलेको थियो । प्रचण्डले राखेको विश्वासका मतको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो ।

कांग्रेस र एमालेको समर्थन जुटाएर दाबी पेस गरेका ओलीलाई सरकार आह्वानको समयसीमा अगावै नियुक्त गर्ने राष्ट्रपति पौडेलको तयारी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*