रोल्पाका कमल थापाले छोराको अन्नप्राशनमा दिए बीमा पोलिसी उपहार

२८ असार २०८१, शुक्रबार २०:१९

काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा अन्नप्राशनमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समय होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भईरहेको छ।

यसैक्रममा, रोल्पा नगरपालिका–१० धवाङ रोल्पाका कमल थापाले छोराको अन्नप्राशनको अवसर पारेर बीमा पोलिसी खरिद गरेका छन । उनले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको रोल्पा शाखा कार्यालयबाट ५ लाख रुपैयाँ बीमाङ्कको हिमालयन अनमोल रत्न बाल जिवन बीमा पोलिसि खरिद गरेका हुन् ।

छोराको भातखुवाईको अवसर पारेर छोराको सुरुक्षित भबिष्यको लागि छोरा र बुवाको रिस्क कभर हुने तथा बचत संगसंगै सुरक्षाका लागि भन्दै उनले बार्षिक रुपमा ३२ हजार ३१०रुपैयाँ जम्मा गर्ने गरि सो बीमा पोलिसि लिएका हुन । उक्त बिमालेख कम्पनीको रोल्पा शाखा प्रमुख भानुभक्त सन्यासी र ऐजेन्सी म्यानेजर गिरिराज थापाले संयुक्त रुपमा कमल थापालाई मनले चिताएको कार्यलाई साकार पार्नु भएकोमा बधाई दिदै बीमा मालेख हस्तान्तरण गरेका थिए ।

हिमालयन लाइफ अब्बल दर्जाको कम्पनी भएकाले आफुले यस कम्पनीमै बीमा गरेको बीमितको भनाई छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*