पुँजी जुटाउन रिर्जभमा भएको रकम गणना गर्न दिने बीमा प्राधिकरणको निर्णय

२८ असार २०८१, शुक्रबार १६:०६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुँजी पुराउने विकल्पको रुपमा थप नयाँ प्रस्ताव अघि बढाएको छ । प्राधिकरणले निश्चित समयसम्म पनि पुँजी पुराउन नसक्ने कम्पनीहरुका लागि रिर्जभमा भएको रकम गणना गर्न पाउने सुविधा दिने भएको छ ।

बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पत्र पठाउदै रिजर्भमा भएको रकम गणना गर्न दिने निर्णय गरेको अवगत गराएको छ।

बीमा कम्पनीहरुलाई चुक्ता पुँजी जुटाउन नसकेको कम्पनीहरुलाई रिजर्भमा भएको रकम गणना गर्न दिने निर्णय भएकोे नेपाल बीमा प्राधिकरणका उप–निर्देशक साम्बराज साम्बराज लामिछाने बताएका छन्।
कम्पनीहरुलाई पत्र पठाईसकेका छौं, बीमा कम्पनीहरुले यस अवधिसम्ममा पुँजी जुटाउन नसक्ने देखिएपछि केही समयका लागि रिजर्भमा भएको रकम चुक्ता पुँजीको रुपमा गणना गर्न निर्देशन दिएका छौं ।

बीमा प्राधिकरणले बीमा कम्पनीहरुको चुक्ता वृद्धि गर्न दिएको समय पटक पटक थप गर्दा समेत केही बीमा कम्पनीहरुले उक्त पुँजि पुर्याउन सकेका छैनन् ।प्राधिकरणले जीवन बीमाको हकमा पाँच अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको हकमा दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न निर्देशन पनि दिएको थियो।

२०८० असार मसान्तभित्र ताके बमोजिमको चुक्तापूँजी जुटाउन बीमा प्राधिकरणले निर्देशन दिएको थियो । तर, असार मसान्तसम्मको वित्तीय अवस्थालाई हेर्दा पुराना जीवन बीमा कम्पनीहरुमध्ये अझै चार कम्पनीको तोके बमोजिम पूँजी पुगेको देखिदैन ।

दुई सरकारी स्वामित्वमा रहेका संस्थान र कम्पनीको वित्तिय विवरण नै पास नभएर अलपत्र अवस्थामा छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*