विकास बैंकहरुको खुद मुनाफा पौने ५ अर्ब नजिक, पाँच घाटामा

२८ असार २०८१, शुक्रबार १५:२९

काठमाडौं । चालु आर्थिक बर्षको ११ महिनामा विकास बैंकहरुको खुद मुनाफा पौने ५ अर्ब रुपैयाँ रहेको छ।

विकास बैंकहरुको ११ महिनाको तथ्यांकले यस्तो देखाएको हो । यस अवधिसम्ममा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै मुनाफा आर्जन गर्न सफल भएको छ।

बैंकले यस अवधिसम्मा १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

दोस्रोमा गरिमा विकास बैंक रहेको छ। यस अवधिमा बैंकले ८५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

तेस्रोमा शाइन रेशुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । बैंकले यस अवधिसम्ममा ६७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ।

यस अवधिसम्मा पाँच बैंक भने घाटामा रहेको छ। एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी विकास बैंक र सालपा डेभलपमेन्ट बैंकहरु घाटामा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*