११ महिनामा वाणिज्य बैंकहरुको खुद मुनाफा आधा खर्ब, कुनको कति ?

२८ असार २०८१, शुक्रबार १४:५०

काठमाडौं ।  चालू आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुले ५६ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएका छन् । चालु आर्थिक बर्षको जेठ मसान्तसम्म २वाणिज्य बैंकले ५६ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको प्रकाशित तथ्यांकले देखाएको छ।

यस अवधिसम्मिमा सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने बैंकमा अग्रस्थानमा नबिल बैंक रहेको छ । बैंकले यस अवधिसम्ममा ६ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा ग्लोबल आईएमई बैंकले ५ अर्ब ९ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ

दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ३८ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। तेस्रोमा प्राइम बैंकले ३ अर्ब ५५ करोड रुपैयाँ आर्जन गरेका छन् ।चौथौमा एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

त्यस्तै ,राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६ करोड रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ३ करोड रुपैयाँ, कृषि विकास बैंकले ३ अर्ब २ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब १ करोड रुपैयाँ, एनएमबी बैंकले २ अर्ब ७७ करोड रुपैयाँ खुद मुनाफा गरेका हुन् ।

जेठसम्म हिमालयन बैंकले २ अर्ब ७६ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २ अर्ब ३७ करोड रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब २७ करोड रुपैयाँ, एनआईसी एशिया बैंकले २ अर्ब ३५ करोड रुपैयाँ, सटिजन्स बैंकले १ अर्ब ७५ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।

११ महिनाको अवधिमा सानिमा बैंकले १ अर्ब ७४ करोड रुपैयाँ, कुमारी बैंकले १ अर्ब ६७ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ६६ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब २८ करोड रुपैयाँ र नेपाल बैंकले १ अर्ब ७ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*