संविधान संशोधन गरेरै छोेड्ने नेपाली कांग्रेसको प्रतिवद्दता

२८ असार २०८१, शुक्रबार १४:००

काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले संविधान संशोधन गरेरै छोड्ने बताएको छन् । प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

संविधान कुनै निर्जिव बस्तु नभएको र चलयमान भइरहेको दस्तावेज रहेको हुँदा संशोधन हुने लेखकले बताए । उनले भने, ‘संविधानमा देखिएका सबल र नराम्रो पक्षलाई समिक्षा गरेर शंसोधन हुनु आवश्यक रहेकोछ । अग्रगमनका लागि संविधान संशोधन हुने छ ।’

संविधानलाई थप सबल अनि शशक्त बनाउनका लागि नेपाल कांग्रेस लागि रहने उनको तर्क छ । ‘संविधानका पक्षहरुलाई थप गुणस्तर बनाउन चाहान्छौं । राजनीति स्थिरता हामी चाहन्छौं । संघियता, लोकतन्त्र कमजोर हुँदैन र कमजोर हुने कुनै काम हुँदैछ’ उनले भने ।

सविधान पाठ गर्नेलाई लेखेको विषय नभएको उनले बताए । सविधानले आफैंले १० वर्षपछि पुनरागमन गर्नुपर्छ भनेको हुँदा सोहि बमोजिम नयाँ सत्ता समीकरण अघि बढ्ने बताए । संविधान संशोधनका लागि सबै दलहरुलाई सहभागि गराएर अघि बढ्न खोजेको लेखकले बताए ।

आर्थिक गतिविधि चलयमान बनाउनको लागि संसदका ठुला दुई दल मिलेको बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*