बीमा प्राधिकरणको खर्च दोब्बरले बढ्यो, आम्दानी घट्यो

२८ असार २०८१, शुक्रबार १२:५७

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा बजारबाट २ अर्ब १४ करोड ६७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ। बीमा प्राधिकरणले बीमा बजारबाट आउने आम्दानी अघिल्लो आर्थिक बर्षको तुलनामा ७ प्रतिशतले घटेको छ ।बीमा प्राधिकरणलेको आम्दानी घटेपनि खर्च भने शतप्रतिशतले वृद्धि भएको छ । प्राधिकरणले २ अर्ब १४ करोड रुपैयाँ आम्दानी गरेको छ भने ५० करोड रुपैयाँ खर्च रहेको छ । अघिल्लो आर्थिक बर्षमा २२ करोड रुपैयाँको खर्च शतप्रतिशत बढीले वृद्धि भएको देखिएको छ।

बीमा प्राधिकरणले आर्थिक बर्ष २०७९ देखि २०८० असार मसान्तसम्ममा गरेको आम्दानीको विवरणले यस्तो देखाएको हो । अघिल्लो आर्थिक बर्षमा बीमा प्राधिकरणले बीमा बजारबाट हुने आम्दानीबाट २ अर्ब ३२ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

प्राधिकरणले सेवा शुल्क वापत १ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आवमा प्राधिकरणले १ अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको थियो । अघिल्ल्लो आवमा तुलनामा सेवाशुल्क समेत घटेकको छ । जसमा बीमा कम्पनीहरुले सेवा शुल्क बुझाएवापतको रकमलाई सेवा शुल्कको रुपमा लिइन्छ ।

Source: Beema Pradikaran

त्यस्तै, ब्याज आम्दानीबाट ४५ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ। बीमा प्राधिकरणले बैंकमा रकम जम्मा गरेर ब्याजबाट आय गरेको आम्दानी सो मात्रामा रहेको हो ।

त्यस्तै, कम्पनी दर्ता, बीमा अभिकर्ता, सर्भेयर र अन्य कुनै बीमा सम्बन्धी नविकरण र इजाजत पत्र लिनुपरेको खण्डमा प्राधिकरणमा ब्ुझाउने दर्ता एवं नविकरण शुल्कवापत प्राधिकरणले १० करोढ ९४ लाख रुपैयाँ आम्दानी गरेको छ।

नेपाल सरकारबाट प्राप्त अनुदानवापतको रकम अन्तर्गत बीमा प्राधिकरणले ११ लाख ४९ करोड रुपैयाँ आर्जन गरेको छ ।

अन्य आम्दानीबाट १४ लाख ७३ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ। भने दण्ड जरिवाना तथा अत्तिरिक्त शुल्क वापत १० लाख २८ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ।

प्राधिकरणले २ अर्ब १४ करोड रुपैयाँ आम्दानी गरेको छ भने ५० करोड रुपैयाँ खर्च रहेको छ ।

अघिल्लो बर्षको २२ करोड ५४ लाख रुपैयाँ संचालन खर्च रहेको प्राधिकरणको संचालन खर्च अघिल्लो आ।वको तुलनामा शतप्रतिशतले वृद्धि भएको छ।

प्राधिकरणले कर्मचारी खर्च तथा भत्ता वापत १८ करोड ४७ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आर्थिक बर्षमा १२ करोड २५ लाख रुपैयाँ खर्च गरेको थियो ।

त्यस्तै, ह्रासकट्टी तथा परिशोधन अन्तर्गत १ करोड ९६ लाख रुपैयाँ खर्च गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*