जनउत्थान सामुदायिक लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

२८ असार २०८१, शुक्रबार १०:१३

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पद तथा श्रेणीमा रही कार्य गर्न योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

कम्पनीले अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक पदहरूमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

अधिकृतमा २१ वर्ष पूरा भई ४० ननाघेको र सहायकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका र तोकिएको शैक्षिक योग्यता भएकाले आवेदन दिन पाउनेछन् । लाइसेन्स सहित मोटरसाइकल र स्कुटर भएकालाई प्राथमिकता दिइनेछ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक पर्ने कागजात सहित कम्पनीको वेभसाइटबाट आवेदन दिन सक्नेछन् ।

 

One thought on “जनउत्थान सामुदायिक लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

  1. Nemin chaudhary tharu says:

    Ma laghubitta ma kam gareko 3 barsa vayo yadi malai job dinu hunxa vane ma imandari Purbak kam garnexu

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*