१६२ रुपैयाँमा पनि बिकेन सूर्यज्योति लाइफको शेयर, १५० रुपैयाँमै लीलामीमा

२८ असार २०८१, शुक्रबार ०९:२१

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको तीन लाख कित्ता संस्थापक शेयर प्रतिकित्ता १६२ रुपैयाँमा पनि बिक्री नभएपछि मूल्य घटाएर पुनः बिक्रीमा ल्याइएको छ ।

बैंकको नाममा रहेको उक्त शेयर विगत तीन महिनादेखि बिक्री गर्न खोज्दा पनि बिक्री नभएपछि पटकपटक मूल्य घटाउने क्रममा अब न्यूनतम १५० रुपैयाँमै लिलामीमा चढाइएको छ । यसअघि प्रतिकित्ता २१० रुपैयाँमा शेयर बिक्री नभएपछि मूल्य घटाएर १६२ रुपैयाँमै उक्त शेयर बिक्रीमा ल्याइएको थियो । तर प्रतिकित्ता १६२ रुपैयाँमा पनि शेयर बिक्री हुन नसकेपछि १२ रुपैयाँले पुनः मूल्य घटाएर न्यूनतम १५० रुपैयाँमा शेयर बिक्रीमा राखिएको छ ।

यो शेयर इच्छुक विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संघसस्था जो कोहीले खरीद गर्न पाउनेछन् । शेयर खरीदका लागि बोलकबोल गर्दा घटीमा पाँच हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता शेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।

शेयर खरीद गर्न इच्छुक व्यक्तिले काठमाडौंको थापाथलीस्थित बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका साथै एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय, विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखामा बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानबाट पाइनेछ । बोलपत्र आज असार २८ गतेदेखि साउन ३ गते कार्यालय समयभित्र पेश गरिसक्नु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*